२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

मलेसिया रोजगार – ५ जनाभन्दा कम श्रमिक भएका मलेसियन कम्पनीले जुलाईदेखि मात्र बढेको तलब लागू गर्ने !

पुस १२, काठमाण्डौ : पाँच जनाभन्दा कम श्रमिक भएका मलेसियाका कम्पनीहरूले बढेको आधारभूत पारिश्रमिक सन् २०२३ को जुलाईदेखि मात्र लागू गर्ने भएका छन् ।

मलेसिया सरकारले पाँच जनाभन्दा कम श्रमिक भएका कम्पनीहरूलाई छुट दिँदै जुलाईदेखि बढेको आधारभूत परिश्रमिक दिँदा हुने निर्णय गरेको हो ।

मलेसिया गएको मे महिनादेखि नै न्यूनतम तलब बढेर १५ सय मलेसियन रिंगिट लागू भएको छ । पाँच जनाभन्दा बढी श्रमिक भएका कम्पनीहरूले मे १ गतेदेखि नै यो नियम कार्यान्वयन गरिसकेका छन् ।

तर कोरोना महामारी लगायतका कारण आर्थिक संकट झेलिरहेका साना कम्पनीहरूका लागि मलेसियन सरकारले २०२३ को जनवरी १ देखि श्रमिकको पारिश्रमिक बढाउन पर्ने भनेको थियो ।

तर फेरि ६ महिना समय थप गर्दै जुलाईदेखि मात्र बढेको न्यूनतम पारिश्रमिक लागू गर्न भनेको हो । विभिन्न सरोकारवाला निकायसँगको दुई पक्षीय छलफलका आधारमा नै यो निर्णय गरिएको मलेसियाले जनाएको छ ।

जुलाईभन्दा अघिसम्म ५ जनाभन्दा कम श्रमिक भएका रोजगारदाताले ११ सयदेखि १२ सय रिंगिट तलब दिनु पर्नेछ । तर ५ जनाभन्दा बढी श्रमिक भएका रोजगारदाताले भने १५ रिंगिटभन्दा कम तलब दिन पाउने छैनन् ।

२०७९ पुष १२, मंगलवार प्रकाशित 0 Minutes 129 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।