२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

विश्व कप कतारको आज हुने सेमिफाइनलमा मेस्सीका नाममा दुर्लभ कीर्तिमान बन्दै !

मंसिर २७, काठमाडौं : जारी विश्वकप फुटबलमा आज राति क्रोएसिया र अर्जेन्टिनाको खेल हुँदैछ । सो खेल लुजाइल रंगशालामा नेपाली समय अनुसार मध्यराति १२ः४५ बजेबाट सुरु हुने तालिका छ ।

आज राति यो खेल हुँदा अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीका नाममा नयाँ रेकर्ड बन्दै छ । ३५ वर्षका मेस्सी आज रातिको खेलमा सहभागी भएसँगै उनी विश्वकपमा सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी बन्नेवाला छन् ।

आज रातिको खेल मेस्सीका लागि विश्वकपमा कूल २५औं खेल हुनेछ । हाल विश्वकपको मञ्चमा सर्वाधिक खेल खेल्ने खेलाडीको रेकर्ड लोथर मथाउसको नाममा रहेको छ । जर्मनीका खेलाडी मथाउसले आफ्नो करियरमा विश्वकपमा जम्मा २५ खेल खेलेका थिए ।

यो विश्वकपमा कुनै पनि खेलाडीले खेलेको सर्वाधिक खेल संख्या हो । आज राति मेस्सीले उनको सो रेकर्ड बराबरी गर्नेवाला छन् । मेस्सीले हालसम्म विश्वकपमा २४ खेल खेलिसकेका छन् । उनलाई मथाउसको रेकर्ड बराबरी गर्न अब मात्रै एक खेल आवश्यक छ । आज रातिको खेलपछि मेस्सी र मथाउस दुवैका नाममा संयुक्त रूपमा २५ खेलको रेकर्ड बन्नेछ ।

मेस्सीले यसै विश्वकपमा मथाउसको रेकर्ड तोड्ने पक्का छ । किनभने, मेस्सीले आज हुने सेमिफाइनल जिते फाइनल खेल्नेछन्, हारे पनि तेस्रो स्थानका लागि हुने खेल खेल्नेछन् । यसको अर्थ मेस्सीले अब २ खेल खेलेर मथाउसको २५ खेलको रेकर्ड भंग गरेर आफ्नो नाममा लेखाउनेछन् ।

अब मेस्सी यी दुई खेलपछि विश्वकपमा सबैभन्दा धेरै २५ खेल खेल्ने रेकर्डधारी खेलाडी बन्नेछन् । मेस्सीपछि अहिले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो २२ खेलका साथ तेस्रो स्थानमा रहेका छन् । सन्यास लिइसकेका खेलाडीमा भने जर्मनीका मिरोस्लाभ क्लोजले २४ र इटालीका पाओलो माल्दिनीले पनि विश्वकपमा २३ खेल खेलेका छन् ।

यता, जर्मनीका थोमर मुलर र म्यानुएल निउरले पनि समान १९–१९ खेल खेलेका छन् । त्यसैगरी, फ्रान्सका ह्युगो लोरिसले पनि १८ खेल खेलेका छन् । लोरिसले विश्वपकमा अझै २ खेल खेल्ने हुँदा उनका नाममा पनि २० खेलको संख्या हुनेछ ।

त्यसैगरी, फ्रान्सकै एन्टोनी ग्रीजम्यान, अर्जेन्टिनाका एन्जल डि मारिया, क्रोएसियाका लुका मोड्रिचका नामा पनि समान १७–१७ खेल छ । ३ जनै खलाडीले अझै २–२ खेल खेल्न बाँकी रहेकाले उनीहरूका नाममा पनि १९–१९ खेल हुने पक्का छ ।

२०७९ मंसिर २७, मंगलवार प्रकाशित 0 Minutes 223 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।