२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

आज हुने सेमिफाइनलमा मेस्सी मात्र होइन पूरै टिमलाई रोक्ने क्रोएसियाको तयारी !

मंसिर २७, काठमाडौं : फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनल अर्जेन्टिना र क्रोएसियाबीच हुनेछ । मंगलबार राति दोहाको लुसेल रंगशालामा हुने खेलमा क्रोएसिया अर्जेन्टिनी

कप्तान लियोनल मेस्सीलाई ‘म्यानमार्क’ गर्ने भन्दा पनि पूरै टिमलाई रोक्ने प्रयासमा हुनेछ । २०१८ मा पहिलो पटक विश्वकप फाइनल पुगेको क्रोएसिया यसपल्ट उपाधि उचाल्ने लक्ष्यमा छ ।

चार वर्षअघि पूरा हुन नपाएको सपना पूरा गर्नबाट उनीहरु यसपल्ट पनि दुई जित टाढा छन् । क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी शुटआउटमा स्तब्ध पार्दै अन्तिम चारमा पुगेको क्रोएसियाली टिमका स्ट्राइकर ब्रुनो पेटेकोभिचले

पत्रकारहरुसँग कुरा गर्दै भनेका छन्, हामीले मेस्सीलाई रोक्ने कुनै त्यस्तो योजना बनाएका छैनौं । हामी कुनै एक खेलाडीलाई भन्दा पनि पूरै टिमलाई कसरी रोक्ने भन्नेमा केन्द्रित छौं ।

अर्जेन्टिना मेस्सीमात्रै होइन अरु पनि धेरै उत्कृष्ट खेलाडीहरु छन् । हामीले हाम्रो लक्ष्य भेट्टाउन पूरै टिमलाई रोक्न सक्नुपर्छ,’ उनले थपे ।

सात पटकका बालोन डी’ओर विजेता मेस्सी अर्जेन्टिनाका नेतामात्र होइन प्रेरणासमेत हुन् । नेदरल्यान्ड्ससँग खेलको विश्लेषण गर्ने हो भने अर्जेन्टिनाको टिम पेनाल्टीमा पनि उत्तिकै राम्रो छ ।

२०७९ मंसिर २७, मंगलवार प्रकाशित 0 Minutes 181 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।