२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

दक्षिण भारतीय अभिनेता धनुष बने २०२२ का लोकप्रिय भारतीय अभिनेता !

मंसिर २५, काठमाडौं : दक्षिण भारतीय अभिनेता धनुष सन् २०२२ मा भारतका सबैभन्दा लोकप्रिय अभिनेता बनेका छन् । विश्व फिल्मको तथ्यांक राख्ने प्रतिष्ठित आईएमडीबीले जारी गरेको सूचीमा धनुष शीर्षस्थानमा छन् ।

आईएमडीबीले आफ्नो प्लेटफर्ममा रहेका सेलिब्रिटीका पृष्ठहरुको भ्युजको आधारमा यो तथ्य बाहिर ल्याएको हो । बुधबार सार्वजनिक सूचीमा बलिउड अभिनेत्री आलिया भट्ट र ऐश्वर्या राय बच्चन दोस्रो र तेस्रो स्थानमा छन् ।

रामचरण, सामन्था रुथ प्रभु, जुनियर एनटीआर, अल्लु अर्जुन र यशसहित शीर्ष १० मा दक्षिण भारतीय कलाकार अटाएका छन् । चौथो र पाँचौं स्थानमा रामचरण र सामन्था रुथ प्रभु छन् भने ऋतिक रोशन छैटौं र कियारा आडवाणी सातौं स्थानमा छन् । रामराव जुनियर आठौं, अल्लु अर्जुन नवौं र यश दशौंमा छन् ।

आईएमडीबीसँग आलियाले भनेकी छन्, सन् २०२२ मैले फिल्म क्षेत्रमा बिताएको सबैभन्दा अविस्मरणीय क्षण भएको छ । दर्शकले यस वर्ष मेरा सबै फिल्मलाई दिनुभएको मायाप्रति म सधैं आभारी र कृतज्ञ छु ।

हाम्रो देशका उत्कृष्ट कलाकार र निर्मातासँग सहकार्य गर्न पाउँदा सम्मानित महसुस भएको छ । धनुषले यस वर्ष तमिल फिल्म ‘मारन’ र हलिउड फिल्म ‘द ग्रे म्यान’सहित धेरै लोकप्रिय प्रोजेक्टमा काम गरेका छन् ।

आलिया ‘गंगुबाई कठियावाडी’ र ‘ब्रह्मास्त्र’मा देखिएकी थिइन् भने ऐश्वर्या मणिरत्नमको ‘पोन्नियन सेल्भन’मा । सामन्थाले चर्चित तेलुगू फिल्म ‘यशोधा’मा अभिनय गर्दै विश्वका दर्शकलाई आकर्षित गरेकी थिइन् ।

२०७९ मंसिर २५, आईतवार प्रकाशित 0 Minutes 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।