२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

क्रिस्टियानो राेनाल्डाे भन्छन् – पाेर्चुगलकाे विश्व कप आशा ताेड्ने प्रयास हुँदैछ !

मंसिर २३, काठमाण्डाै : पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले बाहिरी शक्तिले आफ्नो टिमकाे विश्व कप आशालाई ताेड्ने प्रयास गरिरहेका आ-राेप लगाएका छन् ।

पोर्चुगलकाे अखबार रेकर्डले राेनाल्डोले विश्व कपकाे अन्तिम १६ मा स्विट्जरल्यान्डसँगकाे खेलमा आफूलाई सुरुदेखि नखेलाए टिम छाड्ने ध-म्की दिएका दाबी गरेको थियो ।

स्विट्जरल्यान्डसँगको खेलमा रोनाल्डोलाई बेन्चमा राखिएपछि धेरैले आ–आफ्नै हिसाबले व्याख्या गर्ने क्रम सुरु भएपछि ३७ वर्षीय फरवार्डले आज बिहीवार सामाजिक सञ्जालमार्फत एक बहादुर देश कुनै पनि प्रतिद्व-न्द्वीबाट डराउन नसक्ने बताएका हुन् ।

रोनाल्डोले पोर्चुगल सपनाका लागि अन्त्यसम्म ल-ड्ने बताउँदै आफूहरूलाई विश्वास गर्न पनि आग्रह गरेका छन् ।
यसैबीच पोर्चुगिज फुटबल सङ्घ (एफपीएफ) ले

क्रिस्टियानो रोनाल्डोले विश्व कप छोड्ने ध-म्की दिएका भन्ने कुराको अस्वीकार गरेको छ । रोनाल्डोले कतारमा रहँदा राष्ट्रिय टोली छोड्ने ध-म्की नदिएका एफपीएफले भनेको छ ।
पोर्चुगलले विश्व कपको क्वाटर फाइनलमा शनिवार राति मोरक्कोसँग खेल्दैछ ।

२०७९ मंसिर २३, शुक्रबार प्रकाशित 1 Minute 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।