२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

कतार दूतावासको अनुरोध ! समय अवधि समाप्त हुनु अघि नै श्रम स्वीकृति नवीकरण गर्नुहोस ।

मंसिर २१, काठमाण्डौ : कतारमा कार्यरत श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै नवीकरण गर्न त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

श्रम अवधि सकिएपछि विदेशमा रहँदा कुनै दु-र्घ-टना वा गम्भीर बि-रामी भएमा कानुन अनुसार पाउने सेवा सुविधाबाट समेत वञ्चित भइने भन्दै दूतावासले श्रम स्वीकृतिको अवधि सकिनु अघि नै नवीकरण गर्न अनुरोध गरेको हो ।

वैदेशिक रोजगारीको क्रममा श्रम अवधि भित्रै कुनै पनि कारणले मृत्यु भएमा वा अन्य कुनै घट-नामा परि गम्भीर बिरामी भएमा वैदेशिक रोजगार बोर्डमार्फत आर्थिक सहायता पाइन्छ भने विदेश जानु पूर्व श्रम स्वीकृति लिने बेलै गरेको बिमामार्फत पनि रकम पाइन्छ ।

तर समयमा श्रम नवीकरण नगराएमा श्रम स्वीकृतिको म्याद सकिए पछि कुनै दुर्घ-टना भएमा यस्तो सहायता पाइँदैन ।
नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनै पर्ने व्यवस्था छ ।

एक पटक श्रम स्वीकृति लिएर विदेशमा काम गरी घर फर्किएर पुनः त्यही काममा फर्कँदा यदि श्रम स्वीकृतिको अवधि सकिएको भएमा अनिवार्य रूपमा श्रम नवीकरण गर्न पर्छ ।

पछिल्लो समय श्रम स्वीकृति अनलाइनमार्फत नै लिन सकिन्छ । वैदेशिक रोजगार विभागको वेबसाइट www.feims.gov.np मा लग इन गरी संसारको जुनसुकै देशबाट पनि श्रम स्वीकृति नवीकरणका लागि आवेदन दिन सकिन्छ ।

यस्तै श्रम स्वीकृति लिँदा कल्याणकारी कोष र बिमाबापत तिर्नु पर्ने रकम पनि अहिले त आफू रहेकै देशमा रहेको आफ्नो बैङ्क खाताबाट नेपालमा रहेको वैदेशिक रोजगार बोर्डमा र

बिमा कम्पनीहरूको खातामा सोझैँ पठाउन सकिन्छ ।
श्रम नवीकरण गर्नका लागि सिस्टममा लगइन गर्दा पासवर्ड बिर्सिएमा आफ्नो राहदानीको प्रतिलिपिसहित दूतावासमा इमेल गर्न सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

२०७९ मंसिर २१, बुधबार प्रकाशित 1 Minute 109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।