२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

भारतीय अभिनेता अक्षयकुमार हेराफेरी ३ मा फर्किंदै !

मंसिर २१, काठमाडौं : ‘हेराफेरी’ बलिउड फिल्मको लोकप्रिय श्रृंखलामध्ये एक हो । राजु, श्याम र बाबुरावका तीन पात्रहरु चर्चित मात्र नभएर अक्षयकुमार, सुनिल सेट्टी र परेश

रावलका पर्यायबाची समेत बनेका छन् । पछिल्ला दुई महिनामा हेराफेरी तीन यसको कास्टिङको कारणले चर्चामा छ । अक्षयकुमार बाहिरिएपछि कार्तिक आर्यनले धेरैले रुचाउने

फ्रेन्चाइजमा प्रवेश गर्ने पक्का भएको थियो । बलिउडमा खिलाडी उपनामले समेत चिनिने अक्षय स्वयंले ‘हेराफेरी ३’ नगर्ने बताएका थिए । त्यसपछि सुनिल सेट्टी र परेश रावलले फिल्ममा कार्तिक आर्यनको संलग्नताको पुष्टि गरे ।

लगत्तै सामाजिक सञ्जालमा दर्शक र फ्यानले ‘नो अक्षयकुमार नो हेराफेरी’ ह्यासट्गामा अभियान थाले । बलिउड वेबपोर्टल पिंकभिल्लाका अनुसार फिरोज नाडियावालाले अक्षयलाई राजु

पात्रकै रुपमा फर्काउन पुनः अक्षयसँग कुराकानी सुरु गरेका छन् । कार्तिक आर्यनको कास्टिङका लागि कागजी प्रक्रिया सुरु भए पनि पुनः कास्टिङको अर्को चरण सुरु भएको छ ।

पछिल्लो १० दिनमा फिरोजले अक्षयलाई सबै मतभेद मिलाउन र उनलाई मनपर्ने फ्रेन्चाइजमा फर्काउन अक्षयलाई दुईपटक भेटेका छन् । अक्षयले फिल्मको चरित्र कत्तिको महत्वपूर्ण छ भन्ने महसुस गरेको समेत उल्लेख छ ।

२०७९ मंसिर २१, बुधबार प्रकाशित 0 Minutes 121 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।