२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

अस्ट्रेलियामा अवैध ढुकुटीमा लाखौ गुमाउदै नेपाली !

डिसेम्बर ६,अस्ट्रेलिया : अष्ट्रेलियामा अ-बैंध ढुकुटीमा नेपालीहरुले लाखौँ गुमाइरहेको तथ्य बाहिरिएको छ । नेपाल ट्युबसँग सिड्नीबाट एक नेपाली युवतीले ढुकुटी खेलेको

२५ हजार डलर आफूले नपाएको गुना-सो गरेसँगै यस्तो रहश्य बाहिरिएको हो । अबैंध कारोबार गर्दा पी-डित भएको भनिएकी युवतीको गुना-सोपछि हामीले ढुकुटी कारोबारीका नाइकेलाई समेत सम्पर्क गर्यौँ ।

प्रतिष्ठित घरजग्गा कारोबारी समेत रहेका ती व्यक्तिले आफूलाई समेत अरुले किस्ता नतिर्दा कारोबार बिग्रिएको जवाफ मात्रै दिएनन आफ्नो गाडी बेचेर भएपनि दिनुपर्नेहरुलाई रकम दिने प्रतिबद्धता जनाएका छन् ।

नेपालमा घर व्यवहार चलाउन, बालबालिकाको शुल्कको जोहो गर्न चिनेजानेका व्यक्तिहरुबीच लुकिछिपी ढुकुटी खेल्ने प्रचलन अहिले पनि विद्यमान छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले समेत नेपालबाटै सिकेको ढुकुटी कारोबारलाई निरन्तरता दिने गरेको पाइएको छ ।

नेपालमा बैंकिङ कसुर ऐन २०६४ ले ढुकुटी खेल्नुलाई गैह्रका-नुनी मानेको मात्रै छैन । संलग्नहरुमाथी १२ वर्षको जेल सजायको समेत व्यवस्था छ ।

अष्ट्रेलियामा यस्तो छ कानुनी व्यवस्था –

अष्ट्रेलियामा समेत ढुकुटी खेल्नु गैह्र कानुनी मानिन्छ । बैंकिङ एक्ट १९५८ ले अनमती वा दर्ता बिनाको आर्थिक कारोबार, ढुकुटी लगायतलाई गैह्र कानुनी भनेको छ ।

यस्तो गतिबिधिमा संलग्नहरुमाथी कसुर अनुसार २ देखी १० वर्षसम्मको जेल सजाय हुनसक्ने इनोभेटिभ एशोसियट्स सिड्नीका एकाउन्टटेन्ट डिला खरेलले जानकारि दिनुभयो ।

ढुकुटी खेल्ने खेलाउने वा सहभागि हुने जो कसैको बैंक खाता बन्द हुनसक्ने, कारोबारीहरु जेल जानुपर्ने अवस्था आउनसक्ने भएकाले यस्ता गतिबिधिमा संलग्न नहुन सबैलाई सचेत गराइएको छ । घर व्यवहार चलाउने वा बालबालिकाको शुल्क जोहो गर्ने ढुकुटी खेल्दा तपाई पनि जेल जानुहोला, सबै सचेत बनौँ ।

२०७९ मंसिर २०, मंगलवार प्रकाशित 1 Minute 129 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।