
मंसिर १९, काठमाडौं : ब्राजिलका लागि तीनपल्ट फिफा विश्वकपको उपाधि जिताउनुभएका ब्राजिली महान फुटबलर पेलेको स्वास्थ्य अवस्था ग-म्भीर बनेको छ ।
आन्द्राको क्या-न्सरबाट पी-डित पेलेको शरीरमा किमोथेरापीले काम गर्न छाडेसँगै स्वास्थ्य अवस्था गम्भीर बनेको हो । ब्राजिली सन्चारमाध्यमले जनाएकअनुसार ८२ वर्षीय पेले गत साता अस्पताल भर्ना हुनुभएको थियो ।
उहाँलाई अस्पतालको ‘एन्ड अफ लाईफ पेल्लियाटिभ केयर वार्ड’मा राखिएको छ । यो भनेको जीवनको अन्तिम अवस्थामा रहेकाहरुलाई गरिने हेरचाह हो । विश्वभरका समर्थकलगायत पूर्व क्लब सान्तोष, ब्राजिलका पूर्व स्ट्राइकर रिभाल्डो र फ्रान्सेली
सुपरस्टार केलियन एम्बाप्पेले पेलेको स्वास्थ्यलाभको कामना गर्दै ट्वीट गर्नुभएको छ । शरीर सुन्निने र मुटुले काम गर्न छाडेपछि पेलेलाई गत मंगलबार साओ पाउलोस्थित अल्वर्ट आइन्स्टाइन अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालले विहीबार जारी गरेको बक्तव्यमा शताब्दीकै महान खेलाडीको स्वास्थ्य अवस्था ‘स्थिर’ रहेको बताए पनि उहाँकी छोरी केलीले चिन्ता मान्नुपर्ने आवश्यकता नभएको दावी गर्नुभएको छ ।
आन्दाको क्यान्सरका कारण सेप्टेम्बरदेखि सुरु गरिएको किमोथेरापीले काम गर्न छाडेको अस्पताल श्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पेलिएटिम केयर वार्डमा जीवनमरणको संघर्षमा पुगेका विरामीलाई राख्ने गरिन्छ ।
उहाँको वास्तविक नाम एडसन अरान्तेस डो नासिमेन्तो भएपनि संसारभर पेलेको नामबाट चिनिन्छ । ब्राजिल टिमबाट सन् १९५८, १०६२ र १९७० को विश्वकप उपाधि जिताउनुभएका पेलेले ब्राजिलियन क्लब सान्तोषका लागि ६५९ खेलमा ६४३ गोल गर्नुभएको छ । राष्ट्रिय टिमका लागि ९२ खेलमा ७७ गोल गर्नुभएको छ ।
शुक्रबार अल्वर्ट आइन्स्टइन अस्पतालले जारी गरेको वक्तव्यमा पेले स्वासनलीको संक्र-मणबाट पीडित भएको र एन्टिवायोटिक औषधिबाट उपचार भइरहेको जनाइएको छ । अपडेटमा भनिएको थियो कि पेलेको आगामी दिनमा आवश्यक
उप-चारका लागि अस्पतालमै राख्नुपर्नेछ । उनको स्वास्थ्य अवस्था स्थिर छ । पेलिएटिभ केयर वार्डमा राखेर गरिने उपचारको उद्देश्य विरामीको पी-डा कम गर्न वा राहत दिन हुने भएकाले यो अवस्थालाई जीवन मरणको दोसाँधमा रहेको बुझ्न सकिन्छ ।