
मंसिर १८, काठमाडौँ : फिफाले जापानले स्पेनवि-रुद्ध गरेको गोलसम्बन्धि विवा-द बारे स्पष्ट पारेको छ ।जापानले गरेको गोल आउट बल भएको र भिडियो असिस्टेन्ट रेफ्री (भार) ले गलत
निर्णय दिएको भन्दै सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि फिफाले भिडियो जारी गरेर पुरै बल आउट नभएको प्रमाण दिएको हो । फिफाले भिडियो म्याच अफिसियलले गोल लाइन क्यामरा प्रयोग गरेर चेक गर्दै बल पुरै बाहिर
नगएकोले गोललाई मान्यता दिएको स्पष्ट गरेको छ । अन्य क्यामराले सो तस्वीरलाई मिसलिड गरेको जनाउदै फिफाले सो बल पूर्ण रुपमा बाहिर नभएको दाबि गरेको छ ।
खेलको ५१औं मिनेटमा जापानका आओ टनाकाले गरेको
गोलमा पास दिदा आउट बल पास दिएको देखिएको छ । यसलाई भिडियो असिस्ट रेफ्रीले गरेको निर्णयमा विवाद भएको हो । शुरुमा गोल नदिए पनि भारले गोल दिएपछि यसमा विवाद भएको थियो ।
भिडियोमा हेर्दा जापानका कओरु मिटोमाले बल क्रस गर्दा बल लाइन बाहिर देखिएको छ । सामाजिक संजाल भारको निर्णयको कडा आ-लोचना गरिएको छ ।स्पेनमाथि जापानको यहि गोलका कारण जापान समुह विजेता बन्दै राउण्ड १६ मा पुग्यो भने यसै समुहमा रहेको जर्मनी विश्वकपबाट बाहिरिएको थियो ।
विश्वकपमा सहभागी ६ एसियन राष्ट्र मध्ये सबैभन्दा अप्ठ्यारो समूहमा परेको जापानले चामत्कारिक प्रदर्शन गर्दै समूह विजेता बन्यो। पहिलो खेलमा चार पटकको च्याम्पियन जर्मनलाई २-१ले हराएको जापानले समूहको अन्तिम खेलमा स्पेनमाथि पनि २-१ को जित निकाल्यो ।
जापानले दुवै खेलका १ गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा २ गोल गर्दै जित निकलोको थियो। जारी विश्वकपमा ठुला उलटफेर हुनेक्रम जारी रहेको छ । चार पटकको विश्वकप विजेता जर्मनी लगातार दोस्रो पटक समुह चरणबाट नै बाहिरिएको छ ।
भने बलियो मानिएको स्पेनलाई पराजित गरेर एशियाली पावर हाउस जापान समुह विजेता हुदै राउण्ड १६ मा पुगेको छ ।
टिकी टाका उपनामले चिनिने स्पेनलाई जापानले पाएको आक्रमणको अवसरलाई सदुपयोग गर्दै गोलमा परिणत गरेपछि सुखद नतिजा निकाल्न सकेको थियो ।