२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

बधाई ! मिस अर्थमा नेपाललाई ऐतिहासिक सफलता !

काठमाडौ : मिस अर्थ २०२२ को अन्तिम २० मा मिस नेपाल अर्थ सरिशा श्रेष्ठ छनौट हुन सकिनन् । यद्यपी उनी छनौटमा पर्न नसके पनि सबटाइटल इकोभिडियो प्रतिस्पर्धामा

एसियामै उत्कृष्ट घोषित भएकी छिन् । मिस अर्थमा नेपालले हासिल गरेको यो ऐतिहासिक पहिलो उपलब्धी रहेको छ । यसअघि कसैले पनि कुनै टाइटल जित्न सकेको थिएन ।

सरिशाले इको-भिडियोमा नेपालको वातावरणीय चुनौति र हिमाल पग्लिएको मुद्दा उठाएकी थिइन् । यो भिडियोलाई सबैले मन पराएका थिए ।

उता मिस अर्थ २०२२ को उपाधि भने दक्षिण कोरियाकी मीना स्यू चोइले जितेकी छन् । आज बेलुका फिलिपिन्सको राजधानी मनिलामा आयोजित ग्राण्ड फिनालेमा पूर्वमिस अर्थ डेस्टिनी वेंगरले ताज लगाइदिइन् ।

संसारका ८६ जना सुन्दरीले यस प्रतियोगितामा भाग लिएका थिए । कोरोना महामारीले अघिल्ला दुईवर्ष हुन नसकेको प्रतिस्पर्धा यसपटक भौतिकरुपमा भएको हो ।

२०७९ मंसिर १६, शुक्रबार प्रकाशित 1 Minute 212 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।