
काठमाडौँ : जापानको प्रवेश आज्ञा (भिसा) पाएर पनि को’भिड–१९ का कारण जान रोकिएका विद्यार्थीले अध्ययनका लागि जान दिन
कूट’नीतिक पहल गर्न प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य
समितिकी सभापति जयपुरी घर्तीले आइतबार बसेको बैठकमा जापान
जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई कूट’नीतिक पहल गरेर पठाउन सरकारलाई निर्देशन दिएकी हुन् ।
सीआई र भिसा पाएका १३ हजार विद्यार्थीहरूले पैसा बुझाएर पनि जापान जान पाएका छैनन् । को’भिड–१९ सङ्क्र’मण बढी रहँदा जापान सरकारले सन् २०२० अप्रि’लमा विद्यार्थीलाई प्रवेश गर्न रोकेको थियो ।