२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

यु’द्ध अन्त्यका लागि दक्षिण कोरियामाथि प्योङयाङका सर्त !

काठमाडौं : उत्तर कोरियाका नेता किम जङ–अनकी बहिनी किम–यो–जङले दक्षिण कोरियाले उत्तर कोरियालाई हेर्ने ‘कटुतापूर्ण व्यवहारलाई’ परित्याग गरेमा सियोलसँग यु’द्ध अन्त्यका लागि पुनः वार्ता गर्न सकिने बताउनुभएको छ ।

दक्षिण कोरियाले ‘शत्रुतापूर्ण नीतिहरू’ रोकेको खण्डमा मात्र उत्तर कोरिया उक्त प्रस्तावबारे कुरा गर्न इच्छुक रहेको नेता यो–जङले बताउनुभयो । यो–जङद्वारा हालै जारी विज्ञप्तिमा भनिएको छ, “आफ्ना गतिविधिलाई न्यासङ्गत देखाउन खोज्ने तर हाम्रो आत्मरक्षाको अधिकारको

उचित अभ्यासमा खोट देख्ने दोहोरो मानसिकता, असङ्गत पूर्वाग्रह, नराम्रो बानी तथा शत्रुतापूर्ण अडान परित्याग गरिनुपर्छ ।” उल्लेखिते पूर्वसर्त पालना भएको अवस्थामा मात्र प्रत्यक्ष वार्तामा बस्न र यु’द्ध अन्त्य भएको घो’षणा गर्न सम्भव हुनेछ ।”

कोरियाली युद्ध अन्त्य भएको घो’षणा गर्न दक्षिण कोरियाको आ’ह्वानपछि नेता यो–जङले त्यस्तो प्रतिक्रिया दिनुभएको हो । कोरियाली प्रायःद्वीपलाई दुई देशमा विभक्त गर्ने यु’द्ध सन् १९५३ मा एउटा यु’द्धविरामपछि रोकिएको थियो ।

तर उनीहरूबीच कुनै शान्तिसन्धि भएको छैन । त्यतिबेलादेखि नै दुई कोरिया प्राविधिक रूपमा युद्धमा छन् । बेलाबेलामा उनीहरूको सम्बन्धमा तनाव उत्पन्न हुने गरेको छ ।

उत्तर कोरियाले यु’द्ध अन्त्य भएको घोषणा गर्न एक प्रमुख सर्त आफूवि’रुद्ध लगाइएको आर्थिक नाकाबन्दीलाई पहिले हटाइनुपर्ने माग राख्ने गरेको छ । दक्षिण कोरियाको प्रमुख सैन्य सहयोगी रहेको अमेरिकाले उत्तर कोरियाले पहिला आणविक अस्त्र परित्याग गर्नुपर्ने बताउँदै आएको छ ।

२०७८ आश्विन १०, आईतवार प्रकाशित 1 Minute 143 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।