२०८० फाल्गुन ११ शुक्रबार
  • काठमाडौँ

क्रिस्टियानो रोनाल्डो र फर्नान्डेजको गोल वि’वादमा फिफाले अध्ययन गर्दै !

मंसिर १५, काठमाडौं : कतारमा जारी फिफा विश्वकप फुटबलमा गत राति पोर्चुगल र उरुग्वे समूह चरणको दोस्रो खेलमा भिड्दा पोर्चुगलले २–० को जित निकाल्यो ।

सो जितपछि पोर्चुगल अन्तिम खेलअघि नै अन्तिम १६ मा प्रवेश गर्दा उरुग्वेमाथि समस्या बढेको छ । उसले अब अन्तिम खेलमा घानावि-रुद्ध जित निकाले मात्रै अर्को चरण प्रवेश गर्नेछ । हार वा बराबरीले उरुग्वे प्रतियोगिताबाटै आउट हुनेछ ।

गत रातिको खेलमा पोर्चुगलका २ वटै गोल ब्रुनो फर्नान्डेजले गरे । तर, उनले गरेको पहिलो गोल भने विवादित बनेको छ । खेलको ५४औं मिनेटमा भएको सो गोल पहिला क्रिस्टियानो रोनाल्डोको नाममा दिइएको थियो ।

फर्नान्डेजले लामो दूरीबाट हानेको हाई बलमा रोनाल्डोले पोस्ट अघिबाट जम्प हानेर हेडिङमार्फत् गोल गरेजस्तो देखिएको थियो । सुरुमा सो गोल रोनाल्डोले नै गरेको ठानेर गोल रोनाल्डोका नाममा दिइयो । तर, केहीबेरपछि सो गोल रोनाल्डोको नामबाट काटेर फर्नान्डेजको नाममा दिइयो ।

फर्नान्डेजले हानेको बलमा हेडिङ गर्न उफ्रेका रोनाल्डोको टाउकोले बललाई ‘नछोएको’ पाइएपछि सो गोल फर्नान्डेजको नाममा दिइयो । तर, रोनाल्डोले भने गोल भएपछि आफैंले गरे जसरी सेलिब्रे-सन गरेका थिए । सुरुआतमा सबैलाई लाग्यो– गोल रोनाल्डोकै थियो ।

तर, केहीबेरपछि फिफाले सो गोलमा रोनाल्डोको नाम हटाएर फर्नान्डेजको नाममा दियो । सो गोलको चर्चा खास गरी गोल कसको थियो भन्ने विषयमा अहिले पनि स्पष्ट छैन । खेलपछि रोनाल्डो र फर्नान्डे दुवैले गोलबारे बोले पनि खास दाबी गरेनन् ।

रोनाल्डोले सो गोल हुँदा आफूले हेडिङले छोएको र बलले पनि आफूलाई छोएको बताए । फर्नान्डेजले भने सो गोल कसको नाममा छ भन्ने कुराले आफूलाई फरक नपार्ने बताए । सुरुमा रोनाल्डोले गरेको भनिएको गोल हुँदा फर्नान्डेजले रोनाल्डोसँग जमेर सेलि-ब्रेसन गरेका थिए ।

त्यो बेला फर्नान्डेजले पनि सो गोल रोनाल्डोकै थियो भन्ने लागेकै थियो । केहीबेरपछि मात्रै उनले आफ्ना नाममा गोल दिइएको थाहा पाए ।

तर, मिडिया रिपोर्ट अनुसार फिफाले उरुग्वेवि-रुद्ध भएको सो खेल कसको थियो भनेर प्राविधिक टिमले थप अध्ययान गर्ने भएको छ । त्यसपछि सो खेलको असली हकदारको नाम दिइने । सार्वजनिक केही भिडियो फुटेजमा रोनाल्डोको टाउकोले सो बल नछोएको जस्तो देखिन्छ ।

तर, त्यसको अन्तिम मभुलाई ‘जुम’ गरेर हेर्दा रोनाल्डोको कपालमा लाग्दै बलले पोस्टको दिशा लिएको देखिन्छ । यसरी सो गोलको मुभमा फरक–फरक कुरा आएपछि फिफाको प्राविधिक टिमले उपकरण प्रयोग गरेर थप अध्ययन गर्ने भएको हो । पोर्चुगलका मिडियाले यस्तो रिपोर्ट छापेका छन् ।

२०७९ मंसिर १५, बिहीबार प्रकाशित 1 Minute 159 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।