
नोभेम्बर ३०, दुबई : यूएई सरकारले आफ्नो देशमा विभिन्न मु-द्दामा जेल जीवन बिताइरहेका १ हजार ४० जना कैदीब-न्दीलाई आममाफी दिएको छ।
यूएईका प्रधानमन्त्री समेत रहेका उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मक-तौमले राष्ट्रिय दिवसको अवसरमा १ हजार ४० जना आममाफी दिएका हुन्।
उनले ती कैदीबन्दीलाई थुनामुक्त गर्न आदेश दिइसकेका छन्।
उक्त कदम क्षमामाफी र सहिष्णुताको मूल्यमा आधारित मानवीय पहलको एक हिस्सा भएको बताइएको छ।
यूएई सरकारले राष्ट्रिय दिवस, ईदजस्ता विशेष अवसरहरुमा कै-दीहरुलाई आफ्नो जीवनमा गल्ती सुधार्ने दोस्रो मौका दिँदै नयाँ जीवन जिउनको लागि हरेक वर्ष आममाफी दिने गरेको छ।
यूएईले प्रत्येक वर्ष २ डिसेम्बरलाई स्वतन्त्रता दिवसको रुपमा मनाउने गर्छ। अहिले मनाउन लागिएकाे ५१ औं राष्ट्रिय दिवस हाे। राष्ट्रिय दिवसको अवसरमा ३ दिन सार्वजानिक विदा दिने समेत यूएईको मन्त्रीपरिषद्ले घोषणा गरेको छ।