२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

कतार विश्व कप प्रि-क्वाटरफाइनलमा नेदरल्याण्ड्स !

मंसिर १४, काठमाडौं : विश्वकप फुटबल समूह ‘ए’ को अन्तिम खेलमा आयोजक कतार नेदरल्यान्ड्ससँग पराजित भएको छ । नेदरल्यान्ड्स २–० ले खेल जितेर प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

टोलीका लागि कोडी जाक्पो र फ्रान्की डी जोङले गोल गरे ।
नेदरल्यान्ड्स विश्वकप इतिहासमा ११ औं पटक अन्तिम १६ मा पुगेका हो । पछिल्लो पटक टोली सन् २०१४ को विश्वकपमा नकआउटमा प्रवेश गरेको थियो ।

सन् २०१८ को विश्वकपमा नेदरल्याण्ड्स छनोट हुन असफल भएको थियो। कतारको टोलीले प्रतियोगितामा एक खेल पनि जित्न सकेन । आयोजक राष्ट्रको यो लगातार तेस्रो हार हो । यसअघि कतारले इक्वेडर र सेनेगलसँग हार बेहोरेको थियो ।

समूह चरण खेलमामा जित वा बराबरी खेल्न नसक्ने कतार पहिलो आयोजक राष्ट्र बनेको छ । यसअघि सन् २०१० को विश्वकपमा आयोजक दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिने पहिलो राष्ट्र बनेको थियो।

तर उक्त विश्वकपमा दक्षिण अफ्रिकाले एक खेलमा जित, एकमा हार र एक खेल बराबरी खेलेको थियो ।
जित सहित नेदरल्याण्डस् सात अंकसहित समूह ‘ए’ मा शीर्ष स्थानमा रहेको छ ।

सेनेगलको टोली ६ अंकसहित दोस्रो स्थानमा छ । इक्वेडरले तीन खेलबाट चार अंक जोडेको छ। प्रि-क्वार्टरफाइनलमा नेदरल्यान्ड्सले समूह बी को दोस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

२०७९ मंसिर १४, बुधबार प्रकाशित 1 Minute 88 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।