२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

गायक बद्रि पंगेनी नेपाली झन्डासहित विश्वकप हेर्न कतारमै पुगे !

मंसिर १४, काठमाडौं : लोक गायक बद्रि पंगेनी विश्वकप फुटबल हेर्न कतारस्थित रंगशालामै पुगेका छन्।आयोजक कतार र नेदरल्याण्ड्सबीचको खेल हेर्न उनी यतिबेला रंगशालामा छन्।

रंगशालामा खिचिएका तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै उनले भनेका छन्, हजारौं सपनामध्ये एउटा सपना पूरा भएको छ। उनी नेपालको राष्ट्रिय झण्डा बोकेर दौरा सुरुवालसहित रंगशालामा उपस्थित भएका छन्।

गायक पंगेनीले आफूले आयोजक कतारको पक्षमा हुटिङ गर्ने बताए।खेलप्रेमी पंगेनी पोर्चगलका स्टार क्रिस्टियानो रोनाल्डोका फ्यान हुन् ।

लियोनल मेसीको पनि आफू शुभचिन्तक रहेको उनी बताउँछन्। यद्यपि, उनलाई यसपल्ट इंग्ल्याण्डले जिते हुन्थ्यो लागेको छ। हालसम्मका खेल हेरिरहँदा भने साविक विजेता फ्रान्सले नै जित्न सक्ने सम्भावना देखेका छन् उनले।

२०७९ मंसिर १४, बुधबार प्रकाशित 0 Minutes 186 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।