२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

अष्ट्रेलियामा घरको मूल्य २४ % सम्मले घटने ?

नोभेम्बर २८, अष्ट्रेलिया : अष्ट्रेलियाको आवास बजार २०२४ को अन्त्य सम्ममा अहिलेको अवस्थाबाट २४ प्रतिशतले गिरावट आउन सक्ने रिजर्व बैंक अफ अष्ट्रेलिया (आरबिए)को

अघिल्लो गोप्य मोडेलिङ अनुमान गरेको छ। अष्ट्रेलियालीहरू बढ्दो ब्याज दर र घट्दो मूल्यका कारण सम्पत्ति बजारको बारेमा बढ्दो नि-राशावादी भएको देखिएका कारण आवास बजारमा गि-रावट देखिने आरबिएको अनुमान छ।

सूचनाको स्वतन्त्रता अन्तर्गत जारी गरिएका कागजातहरूमा एक आरबीए अर्थशास्त्रीले १९८० को दशकको शुरुवात पछि अष्ट्रेलियाको सम्पत्ति बजार सबैभन्दा धेरै प्रभा-वित हुन सक्ने बताएको याहु फाइनान्स अष्ट्रेलियामा उल्लेख छ।

आवास बजारको गिरावट आरबीएले पहिले अनुमान गरेको भन्दा दोब्बर हुने समेत उल्लेख छ। आधार मूल्यको आधारमा आरबिएले २०२३ को अन्त्यसम्म ११ प्रतिशतको गिरा-वट देखिने अनुमान गरेको छ।

सिड्नी र मेलबर्नमा आवास मूल्यहरू बाँकी २०२२ को तुलनामा एक महिनामा १.५ प्रतिशतले घट्ने सम्भावना छ। तर यो गि-रावट अझ ठूलो हुन सक्छ।

यदि मानिसहरूले मूल्यमा गिरावट र उच्च ब्याज दरलाई नकारात्मक प्रतिक्रिया दिए भने २०२४ को अन्त्यसम्म २० प्रतिशतसम्म गि-रावट हुन सक्नेछ।

केन्द्रीय बैंक विशेष गरी कमजोर सिड्नी र मेलबर्न बजार बारे चिन्तित छ।त्रैमासिकमा घटेको राष्ट्रिय आवास मूल्यले आरबीएका अर्थशास्त्रीहरूलाई आश्चर्य-चकित तुल्यायो।

मे महिनामा बढ्दो ब्याज दरबाट घरपरिवारहरूले तनाव महसुस गर्न थालेका थिए।कोरलजिकको डाटा अनुसार फेब्रुअरी २०२२मा सबैभन्दा उच्च मूल्यमा

पुगेपछि सिड्नीमा घरको मूल्य अहिले १०.१ प्रतिशतले घटेको देखिएको छ।त्यस्तै, मेलबर्नको घरको मूल्य जनवरी २०२२ देखि ६.४ प्रतिशतले घटेको छ। – स्रोत : My Nepal Television

२०७९ मंसिर ११, आईतवार प्रकाशित 1 Minute 97 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।