
मंसिर १०, काठमाडौ : सिगांपुर एयरलाइन्सले अष्ट्रेलियाको सिड्नी र मेलबर्न सहरमा हवाइ उडान विस्तार गर्ने भएको छ ।
सन् २०२३ को उडान तालिका सार्वजनिक गर्दै सिगांपुर
एयरलाइन्सले सिडनीमा दैनिक दुई उडान र मेलबर्नमा दैनिक एक उडान गर्ने जनाएको हो । अमेरिकाको न्युवर्क सहरमा गर्दै आएको उडानलाई बन्द गरी सिंगापुर एयरले सिड्नीमा उडान विस्तार गर्ने भएको हो ।
उक्त उडान सन् २०२३ को मे महिनाबाट सुचारु हुने छ । दक्षिण पूर्वी एशियाबाट अष्ट्रेलियाका लागि उडान भर्ने मानिसहरुको जनघनत्व बढ्दै जाँदा सिगापुर एयरले उक्त सुविधा विस्तार गरेको हो ।
केही वर्ष यता सिड्नी सहरलाई नेपाली विद्यार्थीहरुले अध्ययनको गन्तव्यस्थलका रुपमा पहिलो स्थानमा राख्दै आएका छन् । जसकारण नेपालबाट सिंगापुर ट्रान्जीट गरेर अष्ट्रेलियाको सिड्नी सहरमा उडान भर्ने मानिसहरुको सङ्ख्यामा क्रमश वृद्धि भइरहेको छ ।
त्यति मात्रै होइन, अष्ट्रेलिया, नेपाल, भारत, बाङ्लादेश लगायतका दक्षिण एशियाली राष्टका विद्यार्थीहरुको रोजाइमा रहेको छ । यसै समयमा सिंगापुर एयरले गरेको यो घोषणाले नेपाल देखि सिड्नी उडान भर्ने मानिसहरुका लागि केही सहजता हुने छ ।
सिड्नी जाने अधिकांश मानिसहरुले चीनको ग्याङ्जु सहरमा र सिगांपुरमा ट्रान्जीट परी उडान भर्दै आएका छन् । कोभिड–१९ का कारण चिनियाँ साउर्थन एयरले नेपालका लागि उडान भर्न बन्द गरेपछि सिंगापुरमा ट्रान्जीट हुनेको सङ्ख्यामा वृद्धि भएको थियो ।
यस समस्याको समाधानका लागि सिगांपुर एयरले सिड्नीमा दैनिक दुई उडान भर्ने भएको छ । चीनमा को-भिड–१९ संक्र-मण फैलिँदै गएपछि काठमाडौँका लागि उडान भर्ने ६ चिनियाँ एयरलाइन्सले उडान बन्द गरेका थिए ।
उडान बन्द गरेको मध्ये चाइना साउथर्न एयरलाइन्सले नोभेबर २९ बाट काठमाडौँका लागि उडान सुचारु गर्ने भएको हो ।
काठमाडौँ देखि गोन्जाओसम्मको उडान सुचारु गरेता पनि ट्रान्जीट फ्लाइटहरुको उडान नभर्ने चाइना साउथर्नले जनाएको छ ।