२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

नेपाली कामदारलाई यूएई प्रवेश खुला, सजिलै जान पाइने व्यबस्था लागु हुँदै !

काठमाडौं : यूएईले कामदार अभाव भएपछि नेपालीसहित विदेशी कामदारका लागि प्रवेश खुला गरेको छ । खालिज टाइम्सले यूएईले विश्वका सबै मुलुकका नागरिकहरुका लागि शसर्त रोजगार, भ्रमण र

पारिवारिक भिसा खुला गरेको जनाएको छ। को’रोना भा’इरसवि’रुद्धको खोप लगाउनेको संख्या बढेको र दर कम भएपछि रात्रीकालीन मनोरञ्जका क्षेत्रमा पनि खुकुलो बनाएको यूएईले आर्थिक गतिविधिमा पनि ति’व्रता ल्याउन लागेको बताइएको छ ।

नेपालसहित भारत, लाइबेरिया, नामिविया, नाइजेरिया, पाकिस्तान, सियरा, लियोन, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, कंगो, युगाण्डा, भियतनाम र जाम्बियाका नागरिकलाई यूएई प्रवेशमा लामो समयदेखि रोक लगाएको यूएईले हाल प्रतिबन्ध फुकुवा गरिसकेको छ ।

मोडेर्ना, फाइजर बायोन्टेक, जोनसन एन्ड जोन्सन, अक्सफोर्ड एस्ट्राजेनेका, को’भिशील्ड, सिनोफार्म र सिनोभ्याक खोपलाई मान्यता दिएको यूएईले आफ्नो मुलुक यात्रा गर्ने विदेशी यात्रुले विश्व स्वास्थ्य

संगठन (डब्लुएचओ)ले प्रमाणित गरेको कुनै पनि खोप लगाएको, उडान भर्ने बेला अनिवार्यरुपमा विमानस्थलमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ, क्युआर कोड सहितको रिपोर्ट र यूएईले प्रयोग गरिरहेको ‘अल होस्न’ एप्लिकेसनको आइसीए डाउनलोड गरी रजिष्टर्ड गरेको हुनुपर्ने शर्त भने तोकेको छ ।

यूएईको भिजिट भिसा खुला भएपछि नेपालबाट भने भिजिट भिसा बनाएर सेटिङमा वैदेशिक रोजगारीका लागि पठाउने गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो । केही एयरलाइन्स, कतिपय म्यानपावर कम्पनी र केही ट्राभल्स एजेन्सीहरू संलग्न रहेको पनि उक्त स्रोतको दाबी छ ।

उता साउदी अरबको पश्चिमी लाल सागर तटमा ५ खर्ब डलरको लागतमा मेघा परियोजना सञ्चालन गर्न थालिएको छ । नियोम शहरको मेगा परियोजनालाई ल’क्षित गरेर सो क्षेत्रमा करिब १० हजार कामदारहरूका लागि १० वटा शहर निर्माण गरिने भएको छ ।

कूल १ लाख कामदारका लागि बनाइने यो शहरहरूका टेण्डरहरू अब ६ महिनामै आ’ह्वान गरिने साउदी गजेटले जनाएको छ । त्यसले नेपालीलाई रोजगारको अवसर बढ्ने सम्भावना रहेको बताइएको छ । साथै यो अवसर नेपालीका कामदारका लागि सहज हुने बताइएको छ ।

२०७८ आश्विन १०, आईतवार प्रकाशित 1 Minute 120 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।