२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

अस्ट्रेलिया डिपेन्डेन्ट भिसामा कसरी जान सकिन्छ ?

मंसिर २, काठमाडौं : अस्ट्रेलियामा जाने नेपाली विद्यार्थीमध्ये ३० प्रतिशत ‘डिपेन्डेन्ट भिसा’ मा रहेको अनुमान छ । ‘डेपेन्डेन्ट भिसा’ अर्थात विद्यार्थी सपरिवार बसेका छन् ।

अस्ट्रेलियाको कानुनी परिभाषाअनुसार परिवारभित्र पति, पत्नी र छोराछोरी पर्छन् । अध्ययनमा गएका विवाहित नेपाली पुरुष या महिलाले पाउने अतिरिक्त सुविधा हो- ‘डेपेन्डेन्ट भिसा’ ।

एक वर्षभन्दा बढी समयका निम्ति ब्याचलर डिग्री, ब्याचलर अनर्स, मास्टर्स, मास्टर्स रिसर्च वा पीएचडी गर्न जाने वि
परिवारसँगै रहेर शिक्षा र अन्य अवसर हात पार्ने मेसो यो प्रक्रियाले दिएको छ ।

विवाहित पत्नी होस् या पति जो पहिले अस्ट्रेलिया गएको छ या सँगै जान सक्छन् । अथवा पछि विवाह गरेर जान पनि सक्छन् । परिवारका सदस्य मात्रले विद्यार्थी सँगै वा पछि छुट्टै आवेदन दिन सक्छन्, ।

यदि कुनै विद्यार्थी एक वर्षभन्दा लामो समयको कोर्स पढ्न जाँदै छ भने आफ्नो परिवारबाट टाढा रहन नपरोस् भनेर दिइएको सहुलियत हो ।

भिसा प्रक्रियाको सुरुमै विभिन्न प्रमाणित कागजागतहरू पेस गर्नुपर्ने हुन्छ । जसमा विवाह दर्ता प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाहको फोटो, घरजग्गाको आधार, संयुक्त बैंक खाता, विभिन्न चाडबाड सँगै मनाएको भिडियो, सीडी, भीसीडी, फोटो आदि पर्छन् ।

त्यसैगरी पति र पत्नीबीच हुने सम्बन्धजन्य फोन, इमेल, स्काइप, कुराकानी, विवाह वाषिर्कोत्सवको मितिजस्ता सम्बन्ध कायम रहेको प्रमाणहरू आवश्यक रहन्छ । सबै प्रमाण पु-र्याएपछि डिपेन्डेन्ट व्यक्तिको भिसा प्रक्रिया सुरु हुन्छ ।

आफ्नो बालबच्चा रहेमा उसको समेत सबै कागजात रुजु हुनुपर्छ । भिसा शुल्क, स्वास्थ्य परीक्षण प्रमाणपत्र सबै जुटाउनुपर्ने छ ।

विद्यार्थीले मास्टर्स या त्योभन्दा माथिको कोर्स पढ्दै गरेको भएमा डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया गएका परिवारका सदस्यले पूर्णकालीन काम गर्न पाउँछन् । मास्टर्सभन्दा तल्लो तहको अध्ययन गरेको भएमा परिवारका सदस्यले सातामा २० घन्टाको दरले काम गर्न पाउँछन् ।

२०७९ मंसिर ५, सोमबार प्रकाशित 1 Minute 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।