२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

२०२२ कतार विश्वकपको उद्घाटन समारोहमा यि चर्चित कलाकारले दिदैछन् प्रस्तुती !

मंसिर ४, काठमाडौं : विश्व फुटबलको कुम्भमेलाको रुपमा हेरिएको फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ ।

अल बायत स्टेडियममा आज उद्घाटन खेलभन्दा अघि उद्घाटन समारोह हुनेछ । निकै भव्य हुने आँकलन गरिएको उद्घाटन समारोहलाई चाँसोको रुपमा हेरिएको छ ।

उद्घाट समारोहमा रौनकता ल्याउन फिफाले बिभिन्न कलाकारहरुलाई समेत प्रस्तुती दिनका लागि ल्याउने गरेको छ ।
आज हुने समारोहमा दक्षिण कोरियाको चर्चित ब्यान्ड बीटीएसले प्रस्तुती दिने बताइएको छ ।

ब्वाइज ब्यान्डका सात सदस्य मध्ये एक जङकुकले ड्रीमर शीर्षकको ट्र्याक प्रदर्शन गर्ने फिफाले जनाएको छ । यस्तै, उद्घाटन समारोहमा कतारी गायक फहाद अल कुबैसी र दानाले समेत प्रस्तुति दिनेछिन् ।

यस वर्षको उद्घाटन समारोहमा पप स्टार जंग कुक, बलिउड गायिका नोरा फतेही, अमेरिकी ब्यान्ड ब्ल्याक आइड पीस र कोलम्बियाली गायक जे बाल्भिन जस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू प्रस्तुत हुनेछन्। समारोहमा मोरक्कन–क्यानेडियन बलिउड अभिनेत्री नोरा फतेहीले पनि प्रस्तुति दिनेछिन् ।

कोलम्बियाली गायक जे बाल्भिन र अमेरिकी समूह ब्ल्याक आइड पिसले पनि प्रस्तुति दिने बताइएको छ ।
उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली

समय अनुसार आज राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।
कतार र इक्वेडर दुवै टोली उद्घाटन खेलमा जित निकाल्दै विश्वकपमा सुखद सुरुआत गर्ने योजनाका साथ मैदानमा उत्रनेछन् ।

मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपको उद्घाटन खेलअघि औपचारिक उद्घाटन समारोह हुनेछ । आयोजक कतारको समूहमा नेदरल्याण्ड, इक्वेटर र सेनेगल छन् । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

२०७९ मंसिर ४, आईतवार प्रकाशित 0 Minutes 77 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।