२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

अभिनेता सेठ्ठी भन्छन – अक्षयकुमारलाई “हेराफेरी ३” मा फिर्ता ल्याउँछु ।

मंसिर १ काठमाडौं : चर्चित हिन्दी फिल्म ‘हेराफेरी’को तेस्रो श्रृंखला कलाकारको हेरफेरलाई लिएर चर्चामा छ । फिल्ममा कार्तिक आर्यन भित्रिएको र अक्षयकुमार बाहिरिएको खबरले चर्चा चुलिएको छ ।

अक्षय स्वयंले फिल्मको नयाँ समूहसँग रचनात्मक असमझदारी रहेको खुलासा गरिसकेका छन् । उनी फिल्मको स्क्रिप्टसँग सन्तुष्ट पनि थिएनन् । जब कार्तिक आर्यनले आफू पनि हेराफेरी ३ को हिस्सा भएको बताए तब अक्षयकुमारको संलग्नतालाई लिएर अन्योल भयो ।

यो मामिलामा सुनिल सेट्टीको प्रतिक्रिया आएको छ । फिल्ममा सुनिलले श्याम नामक चरित्र निर्वाह गरेका थिए । जब कार्तिकले अक्षयलाई फिल्मबाट रिप्लेस गरेको खबर बाहिरियो तब सुनिलले यसलाई अस्वीकार गरेका छन् ।

अक्षयलाई कसैले पनि रिप्लेस गर्न नसक्ने भन्दै सुनिलले कार्तिकको भूमिका अन्य रहेको समेत बताए । सुनिल सेट्टीले अक्षयकुमार बिना हेराफेरी पहिलेजस्तै नहुने भन्दै उनलाई मनाउन आफूले कुरा गर्ने बताएका छन् ।

सुनिलले भने, अक्षय नहुँदा फिल्ममा खालीपन अवश्य हुन्छ । अब निष्कर्ष के हुन्छ, त्यो हेर्न बाँकी छ । म यसबारेमा केही पनि जान्दिनँ । म अहिले धारावी बैंकमा व्यस्त छु । यसबारे बसेर कुरा गर्ने समय मसँग थिएन । म १९ नोभेम्बर पछि नै बसेर कुरा गर्छु । अक्की र बाँकी सदस्यसँग कुरा गरेर यथार्थ के भएको हो यसबारे बुझ्छु ।

२०७९ मंसिर ४, आईतवार प्रकाशित 0 Minutes 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।