२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

कतार विश्वकप १२ वर्षक मेहनतपछि भब्य उद्घाटन !

नोभेम्बर २०, दोहा : आइतबार राति अल बायट रंगशालामा जब कतार र इक्वेडरबीचको खेलमा किक-अफ हुन्छ। त्यसपछि १२ वर्षको कडा मेहनत र तयारीले पूर्णता पाउँछ।

मध्यपूर्वको सानो देशका लागि यो ऐतिहासिक दिन हुनेछ।
विशेषगरी पछिल्लो एक महिनादेखि आकर्षणका केन्द्रमा रहेको कतारमा आज ड्यानियल ओर्साटोले ह्विसल बजाएपछि इतिहास रचिनेछ।

विश्वकप आयोजना गर्ने तेस्रो एसियाली मुलुक बन्नेछ कतार। एकलौटीरूपमा आयोजना गर्ने त पहिलो एसियाली मुलुक नै बन्ने छ। तर, यो सहजै सम्भव भएको होइन। सन् २०१० मा आयोजनाको अधिकार पाएको कतारले आइतबारसम्म गरेको अथक मेहनत तयारीबाट मात्रै सम्भव भएको हो।

विश्वकपका लागि सबै टिम कतार पुगिसकेका छन्। फूटबलको सबैभन्दा ठूलो महाकुम्भ प्रत्यक्ष अवलोकन गर्न विश्वभरबाट पुगेका दर्शकले कतारलाई झन् रंगीन बनाएका छन्।
वास्तविक फूटबलको माहोल आइतबारदेखि एक महिनासम्म कतारमा जारी रहनेछ ।

विश्वकपमा सम्भवत – अन्तिम पटक क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीलाई देखिने भएकाले पनि यो संस्करणको उत्साह छुट्टै छ। मेसीको अर्जेन्टिना प्रतियोगिताको सबैभन्दा बलियो टिमका रूपमा मध्यपूर्व पुगेको छ भने रोनाल्डोको पोर्चुगल पनि बलियो छ।

कतारका लागि यो यात्रा सहज भएन। आयोजनाको अधिकार पाए लगत्तैदेखि शृंखलावद्ध विवाद आजसम्म पनि जारी छन्। पूर्वाधार र त्यसको निर्माण, मानवअधिकार, प्रवासी कामदारका मुद्दा, लैंगिक विवा-द लगायत विषयले कतार विश्वकपलाई पटक-पटक वि-वादको भू-मरीमा धकेलेका थिए।

तर, अन्तत: आइतबार राति ९ : ४५ बजे किक-अफ भएपछि यी सबै विवाद छायामा पर्नेछन्, र विश्व फूटबलको सबैभन्दा ठूलो कुम्भमेलाको नयाँ अध्याय सुरु हुनेछ।

फिफाले कतार विश्वकप मध्यपूर्वको तापक्रमका कारण जाडोयाममा हुन्छ भन्ने घोषणा भएपछि तरङ्ग फैलिएको थियो। त्यति मात्रै होइन, फूटबलप्रति कतारको लगाव र घुसखोरीको चर्चाले पनि फूटबल जगत तरङ्गित बन्यो।

कतारले छिमेकी मुलुकबाट तीन वर्षको आर्थिक नाका-बन्दीबाट पनि गुज्रि-नुपर्यो। तर, मध्यपूर्वको सानो देश यी सबै चुनौतीलाई पार गर्दै विश्वकपको किक-अफका लागि तयार छ।

आइतबार राति ९ : ४५ बजे ओर्साटोले ह्विसल बजाएसँगै कतारले १२ वर्षदेखि प्रत्येक पल देख्दै आएको ठूलो सपना पूरा गर्नेछ। दोहा कतार छ, कतार तयार छ, निश्चय नै यो विश्वकप हालसम्ममै उत्कृष्ट हुनेछ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भनेका छन्। कतार तयार भइसकेको छ, पहिलो खेलका लागि आयोजक र इक्वेडरले पनि उद्घाटन खेलका लागि रणनीति तयार गरिसकेका छन्, र फूटबलमा ध्यान दिने बेला भएको छ।

२०७९ मंसिर ४, आईतवार प्रकाशित 1 Minute 109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।