२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

जब प्रियंका चोपडाले गरिन् नेपाली चेलि परिजिताको प्रशंसा, द भ्वाइसमा जितको शुभकामना !

मंसिर ४, काठमाडौँ : नेपालीमूलकी किशोरी परिजिता बाँस्कोटाको सहभागिताले यतिबेला अमेरिकी संस्करणको टेलिभिजन रियालिटी शो ‘द भ्वाइस’ चर्चामा छ ।

परिजिता भ्वाइसको अन्तिम १३ मा प्रतिस्पर्धा गरिरहेकी छन् ।
उनलाई यतिबेला विश्वका चर्चित सेलिव्रिटीले ‘इन्डोर्समेन्ट’ गर्ने क्रम जारी छ । नेपालसँग जोडिएका कलाकारले उनको पक्षमा समर्थन गर्ने कुरा त भैहाल्यो,

अन्य मुलुकका सेलिव्रिटी समेत परिजिताको पक्षमा खुलेका छन् । परिजितालाई बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र उनका गायक पति निक जोनसले पनि समर्थन गरेका छन् । परिजिताप्रति माया दर्शाउँदै प्रियंका र निकले उनले पहिरिएको सारीको प्रशंसा गरेका छन् ।

परिजितालाई कोच जोन लिजेन्डले पठाएको मोबाइल मेसेज (बायाँ) परिजिताका कोच जोन लिजेन्डसँग प्रियंका र निकले उनको सारी र गायकीको प्रशंसा गरेका हुन् । परिजितालाई जोनले पठाएको टेक्स्ट म्यासेजलाई उनले सार्वजनिक गरेकी छन् ।

यसैबीच, मेरिल्याण्डका गभर्नर ल्यारी होगनले समेत परिजितालाई द भ्वाइस रियालिटी शोमा जितको शुभकामना दिएका छन् । परिजिताले भिडियो सन्देश जारी गर्दै आफूलाई भोट गर्न अपिल गरिरहेकी छन् ।

२०७९ मंसिर ४, आईतवार प्रकाशित 0 Minutes 145 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।