२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

यूएईमा ४ दिन विदा !

नोभेम्बर १९,दुबई : संयुक्त अरब इमिरेट्स ( यूएई) मा ४ दिनसम्म सार्वजानिक विदा हुने भएको छ। राष्ट्रिय दिवसको अवसरमा ३ दिन सार्वजानिक विदा दिने यूएईको मन्त्रीपरिषद्ले घोषणा गरेको छ।

मन्त्रीपरिषद् बैठकले १ डिसेम्बर बिहीवारदेखि ३ डिसेम्बर शनिबारसम्म सार्वजानिक विदा दिने निणर्य गरेको हो।
आइतबार यूएईमा सार्वजानिक विदा हुने भएकोले लगातार ४ दिनसम्म विदा हुने भएको हो। यूएईले प्रत्येक वर्ष २ डिसेम्बरलाई स्वतन्त्रता दिवसको रुपमा मनाउने गर्छ।

थप समाचार, लस भेगास : सन् २०२४ मा राष्ट्रपतिको दौडमा पुनः भिड्ने तयारीको घोषणा गरेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भाषणमार्फत व्हाइट हाउसका सम्भावित प्रतिद्वन्द्वीहरू सहित यस सप्ताहन्तमा रिपब्लिकन पार्टीका वरिष्ठ नेताहरूको भेलालाई सम्बोधन गर्ने भएमन छन् ।

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको नाम लस भेगासमा शुक्रबार शुरु भएको रिपब्लिकन यहूदी गठबन्धनको वार्षिक नेतृत्व बैठकको अतिथि सूचीमा ढिलो थपिएको थियो।

ट्रम्प शनिबार भिडियो मार्फत शीर्ष वक्ताहरूको सूचीमा सामेल हुने भएका छन्, जसमा फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस, पूर्व उपराष्ट्रपति माइक पेन्स र पूर्वमन्त्री लगायतको सूची तयार छ ।

उनको मार–ए–लागो घरमा एक घण्टा लामो सम्बोधनपछि आगामी राष्ट्रपतिको दौडका निम्ति उहाँको यो पहिलो सार्वजनिक सम्बोधन हुनेछ । त्यो भाषण मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको निराशाजनक प्रदर्शनको एक हप्ता पछि आयोजित हुँदैछ ।

२०७९ मंसिर ३, शनिबार प्रकाशित 0 Minutes 122 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।