२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

एयर इण्डिया ४ वटा एयरलाइन्स ब्राण्डलाई एउटै कम्पनीमा गाभ्दै !

मंसिर ४, काठमाडौं : टाटा समूह एयर इण्डिया लिमिटेडले आफ्नो लगानीमा सञ्चालित चार वटा एयरलाइन्स ब्राण्डलाई एउटै कम्पनीमा गाभ्ने भएको छ ।

यसबाट अहिले नेपालमा उडान गरिरहेको भारत र सिंगापुरको संयुक्त लगानीमा सञ्चालित भिस्तारा एयरसमेत एयर इण्डियामा गाभिने भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार टाटा समूहले यो योजना सफल बनाएमा संसारकै शक्तिशाली

एयरलाइन्स कम्पनीमध्ये एयर इण्डिया पनि एक हुनेछ । टाटाले भिस्तारालाई समेत एयर इण्डियामा गाभ्ने तयारीका क्रममा सिंगापुर एयरलाइन्ससँग प्रस्ताव गरिसकेको समेत समाचारमा उल्लेख छ ।टाटा समूहले सरकारी स्वामित्वको एयर इण्डियाको सेयर खरिद गरेको थियो ।

एयर इण्डिया खरिद गर्नु अगाडि नै भिस्तारा र एयर एसिया टाटाले चलाइरहेको थियो । एयर इण्डिया खरिद गरेपछि भने टाटासँग एयर इण्डिया एक्स्प्रेस समेत समाहित भयो । यसरी अहिले टाटासँग चार वटा एयरलाइन्स कम्पनी रहेका छन् ।

एयर इण्डिया आक्रा-मक बजार विस्तारको तयारीमा छ ।
समाचारमा उल्लेख भए अनुसार कम्पनीले निकट भविष्यमै ३ सय वटा जहाज अर्डर गर्ने तयारीमा छ । अहिले नेपालमा भारतबाट एयर इण्डिया, भिस्तारा र इण्डिगो एयरले नियमित उडान गरिरहेका छन् ।

२०७९ मंसिर ३, शनिबार प्रकाशित 1 Minute 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।