२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

अष्ट्रेलियामा साइबर जोखिमले १ लाख २० हजार डलर कमाइ हुने क्षेत्रमै कामदार अभाव !

नोभेम्बर १९, अस्ट्रेलिया : लगातार साइबर आक्र-मणको सामना गर्नुपरिरहेको अष्ट्रेलियामा साइबर सेक्युरेटीको क्षेत्रमा काम गर्ने जनशक्ति अभा-वको सामना गर्नुपर्ने प्रक्षेपण गरिएको छ।

अस्टसाइबरको द साइबर सेक्युरिटी सेक्टर कम्पिटिटिभनेस प्लानले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले सन् २०२६ सम्म देशभर ३ हजार साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुने आँकलन सार्वजनिक गरेको हो ।

जनशक्ति अभा-वको प्रक्षेपण गरिदैगर्दा पछिल्लो पाँच वर्षमा साइबर आक्र-मणको दर पनि दोब्बर हुने आँकलन गरिएको छ । प्रतिवेदनमा जनशक्ति अभावको मुख्य कारण लगानीको अभाव भएको उल्लेख छ ।

अष्ट्रेलियाली साइबर सुरक्षा स्टार्टअपहरूले अन्तर्राष्ट्रिय तुलनामा ३०० गुणा कम सहायता प्राप्त गरेको औल्याइएको छ । अष्ट्रेलियामा साइबर सुरक्षाको क्षेत्रमा काम गर्नेहरूको वार्षिक कमाइ १ लाख २० हजार डलर हुने गरेको छ ।

सिकको डाटा अनुसार सुरूवाती चरणमा यो क्षेत्रमा प्रवेश गरेकाहरूले १ लाख डलर र अनुभवीहरूले १ लाख ६० हजार डलरसम्म कमाउँदैआएका छन्। अष्ट्रेलियन साइबर विक २०२२ मा सार्वजनिक डाटाले प्रत्येक ७ मिनेटमा एक जनाले साइबर अप-राधको रिपोर्ट गर्नेगरेको उल्लेख छ ।

गत आर्थिक वर्षमा मात्रै अष्ट्रेलियाको साइबर ब्युरोमा ७६ हजार वटा साइबर सुरक्षा सम्बन्धि उजुरी परेको बताइएको छ ।
अष्ट्रेलियामा पछिल्लो एक महिनामै २ ठूला साइबर अपरा-धका घ-टना भएका छन्।

अप्टस ह्याकिङ प्रकरणमा १ करोड प्रभा-वति हुँदा मेडबैंक ह्या’किङमा ९७ लाख ग्राहकहरूको विवरण चो’री भएको छ । साइबर हम-लाको जो-खिम उच्च बन्दैगर्दा जनशक्ति अभावको आँकलनले नागरिकस्तरमा झनै संशय पैदा गरिदिएको छ । नेपाल ट्युब

२०७९ मंसिर ३, शनिबार प्रकाशित 1 Minute 126 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।