२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको धुमिलिएको छवि !

नोभेम्बर १९, लन्डन : सायद क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध धुजा-धुजा पारिसकेका छन् । भर्खरै उनले एक अन्तर्वार्तामा क्लबबारे विष वमन पनि गरे ।

ठीक यही बेला उनी पोर्चुगलका लागि विश्वकप तयारीमा छन् । जतिबेला विश्वकप सकिनेछ, त्यतिबेला उनको क्लब भविष्य के हुने हो त्यो कसैलाई थाहा छैन । पोर्चुगाली सुपर-स्टारले एक टीभीका लागि पियर्स मोर्गन सोमा भनेका थिए,

इंग्लिस प्रिमियर लिग क्लबले ममाथि विश्वासघा’त गरेको छ ।
उनलाई म्यानचेस्टरका अहिलेका व्यवस्थापक एरिक टेन हगप्रति फिटिक्कै सम्मान छैन । उनी यत्तिकैमा रोकिएनन्, क्लब मालिक रहेको ग्लेजर फेमिलीलाई पनि अनेक आ-रोप लगाए ।

उनले भनेका थिए, यो परिवारलाई मैदानमा क्लबको नतिजाभन्दा पनि कसरी पैसा कमाउने हो, त्यसमै मात्र रूचि छ । अचेल रोनाल्डो ३७ वर्षका भए । उनलाई आफ्ना साथी ग्यारी नेभिल र वायन रोनीप्रति पनि पटक्कै सका-रात्मक धारणा रहेको छैन ।

यी दुईको खेदो खन्दै रोनाल्डोले भनेका छन्, ‘यी दुई मेरा साथी होइनन् ।’ पछिल्लो समय नेभिल र रोनी दुवै रोनाल्डोको खेल, अझ विशेषतः व्यवहारको प्रखर आलोचक रहेका थिए । यी सबै आलोचनाबीच म्यान-चेस्टर आफैं चुप लागेर बस्ने क्लब त होइन नै ।

क्लबले भनिसकेको छ, सबथोकको उत्तर आउने छ । तर, यसअगाडि के भएको हो त्यसबारे बुझ्ने प्रयास हुनेछ । तर अहिले जुन परिस्थिति बनेको छ, त्यसले एउटा तथ्य भने निश्चित छ, यी रोनाल्डो फेरि फर्केर ओल्ड ट्राफोर्ड जाने छैनन् ।

ईएसपीएनले टेन हगको भनाइ उद्धृत गर्दै भनेको छ, यी प्रशिक्षकले पछिल्लो परिस्थितिबारे आफ्ना माथिल्लो तहका पदाधिकारीसँग कुराकानी गरिरहेका छन् । उनको आसय हो, रोनाल्डोले फेरि क्लबका लागि खेल्न हुॅदैन । खेल्न दिनु राम्रो पनि होइन ।

टेन हगको भनाइ थियो, मलाई रोनाल्डोप्रति पूर्ण सम्मान छ । तर, मेरा लागि क्लब महत्त्वपूर्ण हो । क्लबलाई जित दिलाउनु रयसलाई पुरानै सफल दिनमा फर्काउनु ठीक हो । मेरो काम रोनाल्डो र उनका समर्थकलाई खुसी बनाइराख्नु होइन ।

अझ उनले रोनाल्डोको यस्तै अहङ्कारी व्यवहारका कारण उनी लियोनल मेसी र अन्य खेलाडी जत्तिको महान् हुन नसकेको पनि दाबी गरे । म्यानचेस्टर र रोनाल्डो जनवरीको ट्रान्सफर–विन्डोमा अलग हुन सक्छन् । तर समस्या छ, रोनाल्डोलाई किन्ने को त ?

उनको विश्व फुटबलमा जस्तै छवि भए पनि उनलाई किन्न कोही चाहँदैन । क्लब फुटबलमा भर्खरै ७ सय गोल गरेका रोनाल्डो आफैं पनि म्यानचेस्टर छाड्ने मनसायमा थिए । म्यानचेस्टर युरोपेली च्याम्पियन्स लिगका छनोट हुन नसकेपछि उनी म्यानचेस्टरबाट बिदा लिन चाहन्थे ।

तर म्यानचेस्टरले उनलाई बेच्न पनि चाहेन । कुनै समय विश्व फुटबलमा सर्वाधिक माग भएका खेलाडी अहिले म्यानचेस्टरभित्र पिल्सिएका छन् । यता न त उताको स्थितिमा पुगेका छन् । अब त रोनाल्डो म्यानचेस्टरकै लागि पनि समस्या भएको छ किनभने पाँचपल्टको बालोन डीअर विजेताले हालैमात्र भित्रभित्रबाट बायर्न म्युनिकसँग सम्भावित सरुवाबारे कुराकानी गरेका छन् ।

उनी या त स्पोर्टिङ लिस्बन पनि फर्कन चाहन्छन् । उनी त्यही क्लबको युवा कार्यक्रमबाट उत्पादन भएका थिए । उनको यो गन्तव्य भावनात्मक पनि हुनेछ । तर समस्या उनको तलबमै छ । उनी प्रतिसाता म्यानचेस्टरबाट ५ लाख ९३ हजार डलर पारिश्रमिक थाप्छन् । यति रकम अरू कसैले दिन सक्दैन । त्यसको अर्थ अन्यत्र जाने हो भने उनले आफ्नो पारिश्र-मिकमा भारी कटौ-ती गर्नुपर्नेछ । यी सबै कारणले पनि उनको भविष्य अनिश्चित भएको हो ।

तर, रोनाल्डो आफैं यो तथ्य मान्न तयार छैनन् । उनले आफ्नो छवि खुइलिएको र आफू पहिले जस्तो खेलाडी नरहेको तथ्य स्वीकार गर्न सकेका छैनन् । इंग्लिस फुटबलमा उनी अवसानतिर छन् । सन् २००९ मा उनले म्यानचेसटर छाडेका थिए । त्यतिबेला म्यानचेस्टर आफैं कम्तीको टिम थिएन । तर, पोहोर सिजन रोनाल्डोकै २४ गोलका बावजुत पनि म्यानचेस्टर प्रिमियर लिगको छैटौं स्थानमा मात्र रह्यो, नतिजा उसको च्याम्पियन्स लिग सम्भावना रहेको थिएन ।

खासमा रोनाल्डोले पहिलोपल्ट नाम कमाएको ओल्ड ट्राफोर्डमै हो । उनी सन् २००३ मा म्यानचेस्टरमा आउँदा उदाउँदा किशोर खेलाडी थिए । पछि त्यहीं रहेर विश्व फुटबलको सबैभन्दा डरलाग्दा आक्रामक खेलाडी बने । उनले सर एलेक्स फर्गुसनको रेखदेखमा पहिलो च्याम्पियन्स लिग उपाधि र बालोन डीअर पनि जिते । म्यानचेस्टरमा ६ वर्ष बिताएर उनी रियल म्याड्रिड लागे र त्यहाँ पनि उनले चारपल्ट च्याम्पियन्स लिग जिते ।

अनि रियलकै इतिहासमा सर्वाधिक गोलकर्ता बने । रियलबाट सन् २०१८ मा उनी युभेन्ट्स गए । तीन सिजन बिताए । अनि फेरि म्यानचेस्टर फर्के । उनी दोस्रोपल्ट म्यानचेस्टर फर्किंदा खुबै उत्साह बढेको थियो । अब यी त निकै टाढाको सम्झना भइसकेको छ । अहिले म्यानचेस्टरको प्रदर्शन सुधारिएको छ र टेन हगलाई रोनाल्डो आवश्यक पनि छैन । सब्स्टिच्युटका रू

२०७९ मंसिर ३, शनिबार प्रकाशित 1 Minute 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।