२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

साउदी दूतावास भन्छ – दमाम र जुवेलमा शिविर राखेर राहदानी सङ्कलन गर्न सकिँदैन !

मंसिर ३, काठमाण्डौ : साउदीमा रहेको नेपाली दूतावासले दमाम र जुवेलमा शिविर राखेर राहदानी सङ्कलनको आवेदन सङ्कलन गर्न नसकिने बताएको छ ।

दूतावासको अहिलेको जनशक्तिले धान्नेभन्दा बढी सङ्ख्यामा विद्युतीय राहदानीका लागि आवेदन परेको भन्दै दूतावासले यी दुई क्षेत्रमा राहदानीको आवेदन सङ्कलन गर्न नसकिने बताएको हो ।

यसअघि साउदीको दमाममा सञ्चालन गरेको शिविरमा एकै दिन विद्युतीय राहदानीका लागि ४७० जनाले आवेदन दिएका थिए । तर अहिलेको जनशक्तिले प्राविधिक रूपमा दैनिक १३० जनाको मात्र आवेदन लिन सक्ने दूतावासले बताएको छ ।

पछिल्लो समय साउदीको पूर्वी क्षेत्रमा रहेका आवेदकको भने बनेर आएको राहदानी वितरणको व्यवस्था दूतावासले गरेको छ । प्राविधिक रूपमा दैनिक एक सय जनाभन्दा कम आवेदक हुन सक्ने स्थानमा मात्र राहदानी आवेदन सङ्कलनको शिविर राख्ने सकिने दूतावासको भनाइ छ ।

दूतावासले अहिले कै अवस्थामा साउदीको सकाका, हायल, ओनैजा र बुरैदाभन्दा बाहेकका अन्य स्थानमा राहदानी नवीकरणका लागि शिविर सञ्चालन गर्ने छैन ।

सकाकामा २ डिसेम्बरमा राहदानी नविकरणको आवेदन सङ्कलन शिविर सञ्चालन हुने छ । यो स्थान दूतावासभन्दा एक हजार किलो मिटर टाढा पर्छ ।

सकाका, अरार, तुरैफ, अल कुरैयात लगायत सकाकाबाट नजिक पर्ने ठाउँमा रहेका नेपालीलाई आफ्नो राहदानी नवीकरण गर्नु पर्ने भएमा यही दिनका लागि आफ्नो विवरण टिपाउन समेत अनुरोध गरेको छ ।

दूतावासमा सूर्य न्यौपानेलाई ०५५९०५२९१५, शालिकराम पोखरेललाई ०५९२५७४६२९ र अरार क्षेत्रको समन्वयको लागि ज्ञानु राईलाई ०५९३३२२४५१ सम्पर्क गर्न सकिन्छ ।

२०७९ मंसिर ३, शनिबार प्रकाशित 0 Minutes 112 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।