
कात्तिक ३०, काठमाडौ : अष्ट्रेलियामा पासपोर्ट सम्बन्धी कामका लागि हरेक दिन अनलाईन बुकिङ खुल्ला भएको छ । यसअघि महिनाको १५ तारिखमा मात्रै एक चोटी बुकिङ
खुल्ला गर्दा सर्भर डाउन भएर उपभोक्ताले समस्या भोग्दै आएका थिए । यो खबरलाई नेपालट्युबले प्राथमिकताका साथ प्रशारण गरेको थियो ।
सेवाग्राहीको गुना-सो बढ्न थालेपछि १५ दिनको साटो हरेक दिखुल्ला गरिएको राजदूत कैलाशराज पोखरेलले जानकारी दिनुभयो । अब हरेक दिन सिड्नी समय अनुसार बेलुका ५ बजे अनलाईन बुकिङ खुल्ला हुनेछ ।
हरेक दिन ५० देखि ६० जनाको लागि बुकिङ खुल्ला हुने राजदूत पोखरेलले जानकारी दिनुभयो । अनलाईनबाट बुकिङ गरेपछि आफ्नो समयमा सेवाग्राही वायोमेट्रिकका लागि क्यानबेरास्थित दुतावास नै जानुपर्ने बाध्यता छ ।
इ पासपोर्टका लागि फेरी वायोमेट्रिक गर्नुपर्ने तथा राज्यहरुको महावाणिज्यदूतावासमा उपकरण नभएकाले यस्तो अवस्था आएको हो । दुतावासले टाढाटाढाका राज्यहरु तास्मानिया, कुइन्सल्याण्ड र वष्टर्न अष्ट्रेलियामा पासपोर्टको घुम्ती सेवा संचालन गरेको छ । थप विवरण दुतावासको फेसबुक पेजमा हेर्नुहोला । नेपाल ट्य्ब