२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

अमेरिकी द भ्वाइसमा नेपाली चेलि परिजिताको दमदार प्रस्तुति !

कात्तिक २९, काठमाडौं : नेपाली मूलकी परिजिता बाँस्कोटाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणको अन्तिम १६ मा दमदार प्रस्तुति दिएकी छन् ।

चारैजना कोचले उनको गायकीको प्रशंसा गरेका छन् ।
लेडी गागाको चर्चित गीत आई विल नेभर लभ अगेन गीत गाएर परिजिताले कोच र दर्शकलाई मन्त्रमुग्ध बनाइन् ।

आज (मंगलबार)देखि द भ्वाइसमा लाइभ शो सुरु भएको छ । लाइभ शो राउण्डबाट दर्शकले प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । कोच जोन लिजेन्डको समूहबाट प्रतिस्पर्धा गरिरहेकी परिजितालाई अन्य तीन कोचले पनि प्रशंसा गरेका छन् ।

चारैजना कोचले परिजिताको प्रस्तुतिमा ‘स्ट्यान्डिङ ओभेसन’ (उभिएर गरिने सम्मान) दिएका थिए । कोचको प्रतिक्रिया हेर्दा १७ वर्षीया किशोरी परिजिताको पर्फमेन्स अन्य प्रतियोगीभन्दा बलियो देखिन्छ ।

अब उनी कति अघि बढ्नेछिन् भन्ने टुंगो चाहिं दर्शकको भोटमा निर्भर हुने देखिन्छ । नेपालबाट समेत दर्शकले परिजितालाई भोट गर्न सक्छन् ।

२०७९ कार्तिक २९, मंगलवार प्रकाशित 0 Minutes 217 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।