२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

२०२२ विश्वकप कतारमा विशेष नयाँ नोट र सिक्का !

कात्तिक २९, दोहा : कतारको राष्ट्रिय बैंकले २२ रियालको नयाँ नोट र सिक्का जारी गरेको छ। विश्वकप–२०२२ को अवसरमा देशको सांस्कृतिक सम्पदा झल्काउने हेतुले

नयाँ नोट र सिक्का जारी गरेको हो। फिफा र सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीसँगको समन्वयमा राष्ट्र बैंकले विश्वकप विशेष नोट र सिक्का सार्वजनिक गरेको हो।

नोट र सिक्कामा विश्वकपको लोगो, ट्रफी, लुसेल र अल बायत रंगशालालगायत कतारको सांस्कृतिक सम्पदा झल्काउने प्रतिकहरु समावेश गरिएको छ।

राष्ट्र बैंकका गभर्नर शेख बन्दर बिन मोहम्मद बिन सउद अल थानीलले विश्वकपको लागि बैंकिङ क्षेत्रले नयाँ मुद्रामार्फत योगदान गरेकोे बताए।

नयाँ मुद्राले कतारको फुटबल इतिहासलाई प्रतिनिधित्व गर्ने छ। नोट र सिक्का विश्वकप दर्शक र स्थानीयले बैंक तथा एक्सचेञ्ज हाउसमार्फत पाउने छन्।

फिफा विश्वकप २०२२ को अवसरमा कतारको केन्द्रीय बैंकले अनावरण गरेको २२ रियालको नोट र सिक्कालाई कतारी रियाल ७५ पर्नेछ।

२०७९ कार्तिक २९, मंगलवार प्रकाशित 0 Minutes 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।