
कात्तिक २७, काठमाडौ : अरब देशमा पहिलोपटक र एसियामा दोस्रोपटक आयोजना हुन लागेको संस्करण हो फिफाको २२ औं संस्कार फिफा कतार २०२२।
जसको कारण विश्वकपको २२औँ संस्करण आयोजना गर्ने कतार पहिलो मध्यपूर्वी देश हुनेछ। हुन त एसियामा भने दोस्रोपटक विश्वकप आयोजना हुन लागेको हो। यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियामा विश्वकप आयोजना भएको थियो।
प्रश्न आउला विश्वकप सञ्चालनका लागि कतार किन चुनिएको हाे ?
विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा फिफामा भएको मतदानमा कतारले आयोजना गर्ने बाजी मारेको हो।
विश्वकप फुटबल सञ्चालन गर्न पाउने दाबेदारीमा उसले संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पछि पारेको थियो।जसले गर्दा कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब राष्ट्र हुने छ।
सोही अनुरुप फुटबलको महाकुम्भ फिफा विश्वकप २० नोभेम्बर २०२२ देखि कतारको राष्ट्रिय दिवसको दिन १८ डिसेम्बरसम्म कतारमा हुँदैछ। विश्वकपका लागि आयोजक कतारसहित कुल ३२ टोलीले सहभागिता जनाउने छन् ।यो हिसाबले पनि यो संस्करण प्रत्योगिताको २२औँ संस्करण मध्यपूर्वमा पहिलो र एसियामा दोस्रोपटक हुनेछ।
फिफा विश्वकपबारे केही रोचक पक्ष यहाँ उल्लेख गर्न चाहन्छु।
विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत फाइनल खेलहरू नोभेम्बर २० देखि डिसेम्बर १८ तारिखको बीचमा हुने छन्।यो समयमा कतारको तापक्रम सामान्यतया २५ डिग्री सेल्सियस हुने गर्छ।
कतारले सुरुमा फाइनल खेलहरू गर्मीयाममा वातानुकूलित रङ्गशालाहरूमा खेलाउने प्रस्ताव गरेको थियो। तर, त्यो प्रस्ताव अस्वीकृत भएको थियो।
यस अर्थमा पनि यो संस्करण ऐतिहासिक हुनेछ र फिफा विश्वकप फुटबल कतार संस्करण २०२२ मध्यपूर्वस्थित यो समयमा हुन लागेको यो पहिलो पटक हो।
जुन र जुलाई महिनामा ती खेलहरू हुने भए त्यहाँको तापक्रम ४० डिग्री सेल्सियस नाघ्थ्यो र सम्भवत स् ५० डिग्री सेल्सियससम्म पुग्थ्यो।
जसको कारण फिफाको इतिहास मै यो पहिलो हिउँदे विश्वकप हुनेछ।आश्चर्यको अर्को विषय भनेको यहाँका सबै रंगशालामा सोलार प्यालन फर्मबाट विद्युतीय शक्ति नियन्त्रित गरिएको छ।
उत्तरी गोलाद्र्धबाट हेर्ने हो भने २२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता पहिलोपटक हिउँदे हुनेछ। विश्वकप सामान्यतया वर्षको मध्यतिर आयोजना हुन्छ। तर, कतारको सन्दर्भमा भने अपवाद बनेको छ।
मध्यपूर्वमा रहेको कतारमा कहिलेकाहीँ ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुग्दछ। यस्तो अवस्थामा कुनै पनि प्रकारको विश्वव्यापी कार्यक्रमको आयोजना गर्नु असम्भवजस्तै हो। कतारले विश्वकप आयोजना गर्ने जिम्मेवारी प्राप्त गरे पछि यहाँ हुने सम्भावित गर्मीकै कारण फिफा विश्वकपको क्यालेन्डर परिवर्तन गरिएको हो।
अर्को जिज्ञासा भनेको जाडोयाममा प्रतियोगिता गराउन के–के समस्या थिए ?
नोभेम्बर र डिसेम्बर युरोपेली फुटबल क्लबहरूका लागि व्यस्त महिना हुन्। यद्यपि फिफा कतारमा हुने भएपछि धेरै खेलाडीहरूलाई आ(आफ्नो देशको निम्ति खेल्न कतार बोलाइएको छ।
परिणाम स्वरूप विश्वकप फुटबल सञ्चालन हुनुभन्दा एक साताअघि इङ्ग्ल्यान्डको प्रिमियर लीग, इटलीको सिरी ए र स्पेनको ला लीग जस्ता युरोपेली लीगहरू स्थगित हुनेछन्।
ती प्रतियोगिताहरू विश्वकप फुटबल सकेपछि सञ्चालन हुनेछन्। कतार संस्करण फिफाको हालसम्म कै महँगो विश्वकप हुनेछ।
कतार विश्वकप प्रतियोगिताको तयारीका लागि आयोजक देशले खर्च गर्ने रकम प्रतियोगिताको अर्को रोचक पाटो हो। कतारले रंगशाला, राजमार्ग, होटेल लगायतका पूर्वाधार आयोजनामा २०० अर्ब डलर खर्च गरेको जनाइएको छ।फलस्वरूप यो प्रतियोगिता खेलकुदकै इतिहासमा सबैभन्दा महँगो विश्वकप हुनेछ।
यसैगरी कतारमा आयोजना हुने विश्वकप थोरै रंगशालामा खेलिने विश्वकप हुनेछ। जसको कारण खेल आयोजना हुने रंगशालाको संख्यालाई लिएर पनि धेरै मानिस अचम्मित छन्। विश्वकप आयोजना गर्न कतारले केवल ८ अत्याधुनिक सुविधा सम्पन्न आधुनिक वातावरण मैत्री रंगशाला छुट्याएको छ।
कतारका सबै आठै रंगशालाहरु पूर्ण रूपमा वातानुकूलित छन्। जसले खेलाडीलाई पिचमा प्रदर्शन गर्न सहयोग गर्नेछ। कतार जहाँ पहिलोपटक पूर्ण वातानुकूलित रंगशालामा फिफा विश्वकप आयोजना गर्न लागिएको हो।
प्रतियोगिता आयोजना गर्नका लागि छनोट गरिएका सबै आठ स्थान (रंगशाला) मध्ये सबै रंगशालाहरु पूर्ण रूपमा पुनर्निर्माण भइसकेका छन्। तीमध्ये एउटा रंगशाला जसलाई थुमामा (तुमामा) नाम दिइएको छ। यो मध्यपूर्वी परम्परागत टोपीको शैलीमा निर्माण गरिएको छ।
रंगशालाको डिजाइन ‘गहफिया’ बाट प्रेरित छ। त्यो भनेको अरबी पुरुषहरुले लगाउने एक परम्परागत टोपी हो जसलाई गत्रा र सौबमा प्रयोग गरिन्छ। यो पहिलो विश्वकप स्थल हो जसलाई कतारी वास्तुकार इब्राहिम अल जैदाले डिजाइन गरेका हुन्।