२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

अष्ट्रेलियामा एउटै कोठा देखाएर १४ विद्यार्थीको पैसा ठगीए !

नोभेम्बर १२, अष्ट्रेलिया : भर्खर आएका विद्यार्थीलाई कोठा भाडामा दिने भन्दै पैसा ठ-गी गरेको भेटिएको छ । फेसबुक ग्रुपमा कोठा खाली छ भन्दै विज्ञापन राख्ने, बोण्ड र

भाडा बापतको पैसा पनि लिने तर कोठा चाहि नदिई ठ-गी गरेको भेटिएको हो । यो खबर सिड्नीको हो । नेपालट्युबको सम्पर्कमा आएका १४ विद्यार्थीले आफुहरुलाई एउटै व्यक्तिले उहि कोठा देखाएर ठगी गरेको गुना-सो गरेका छन् ।

कोठाका लागि ती विद्यार्थीहरुले ६ सय ४० डलरदेखि ३ हजार ९ सय २० डलरसम्म पैसा दिएका छन् । १४ जनौ विद्यार्थीहरु भर्खरै सिड्नी आएर कोठा खोजिरहेका व्यक्तिहरु हुन् । १४ जनाको १९ हजार डलर ठ-गी भएको छ ।

उनीहरुले दुइ जनामध्ये बाकीले बैंकमार्फत पैसा ट्रान्सफर गरेको देखिन्छ । बैना तिरेको कोठा नपाएपछि उनीहरु कहाँ बस्ने भन्ने समस्यामा छन् । नेपालबाट ल्याएको पैसा कोठामा फसेपछि उनीहरु तनावमा रहेको नेपालट्युबलाई बताएका छन् ।

कोठा भाडामा दिने भन्दै पैसा उठाउने ती नेपाली युवक समेत नेपालट्युबको सम्पर्कमा आएका छन् । पीडितसंगको भिडियो कन्फ्रेन्समा उनले आफु क्रि-प्टो करे-न्सीको कारोबारमा फसेकाले पैसाको आवश्यकता भएर यस्तो गर्नुपरेको स्विकारेका छन् ।

नेपालट्युबका प्रतिनिधी समेत उपस्थित भिडियो च्याटमा उनले गल्ती स्विकारी सबैसंग माफी मागेका छन् । उनले भर्खरै काम पाएकाले हरेक १५ दिनमा एक जनाको पैसा फिर्ता गर्ने सहमति समेत जनाएका छन् ।

सहमति अनुसार पि-डितसंग भेटेर ती युवाले पैसा उक्त व्यहोराको सहमति पत्रमा हस्ताक्षर समेत गरेका छन् । नेपालट्युबलाई प्राप्त उक्त सहमतिमा १४ जना पी-डितहरुले आफुले तिरेको पैसासहित हस्ताक्षर समेत गरेका छन् ।

पी-डितसंग भएको सहमति यस्तो छ ।

ठ-गिनेहरु अरु पनि हुनसक्ने र अझै सम्पर्कमा नआएको हुन सक्ने पी-डितहरुले बताएका छन् । क्रि-प्टोको कारोवारमा फसेका ती युवाले अब आफु सुध्रिएर काम र पढाइमा ध्यान दिने र आइन्दा यस्तो ठ-गी नगर्ने प्रतिबद्धता समेत गरेका छन् । कोठा भाडामा लिदा र दिदा सहमति पत्रमा हस्ताक्षर गर्दा यस्तो ठ-गीबाट बच्न सकिन्छ ।

२०७९ कार्तिक २६, शनिबार प्रकाशित 1 Minute 145 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।