२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

अल्लू अर्जुनको ‘पुष्पा’ले तोड्यो आरआरआरको ओभरसिज बिक्री रेकर्ड !

नोभेम्बर ११, मुम्बई : साउथ इण्डियन स्टार अल्लू अर्जुन र रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ रिलिजपछि निकै नै चर्चामा आएको थियो ।

अब फ्यानहरू यो फिल्मको दोस्रो भाग ‘पुष्पा : द रुल’को प्रतिक्षामा छन् । भारतपछि रुसमा रिलिज हुने यो फिल्मको ओभरसिज थियट्रिकल राइट्स महंगो रकममा बिक्री हुने भएको छ ।

यो फिल्म ८० करोड रुपैंयाँभन्दा बढीमा बिक्री हुन लागेको हो । यसको मूल्य आधिकारिक रुपमा तय भए पनि निर्माता र किन्ने पक्षबीच आधिकारिक रुपमा सम्झौता भइसकेको छैन ।

यो मूल्य फिल्म ‘आरआरआर’ भन्दा पनि महंगो हो । फिल्म आरआरआर’को ओभरसिज थियट्रिकल राइट्स ७० करोड रुपैयाँ हो ।

यो फिल्मको रिलिजबारे आधिकारिक सूचना बाहिर आएको छैन । तर, फिल्म निकट स्रोतका अनुसार फिल्म सन् २०२३ को अगष्टमा रिलिज हुने छ ।

२०७९ कार्तिक २५, शुक्रबार प्रकाशित 0 Minutes 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।