
नोभेम्बर १३, अस्ट्रेलिया : अष्ट्रेलियाको सिड्नीमा रहेको एउटा लोकप्रिय क्याफे ब्राण्डमाथी सरकारले ४ लाख ७५ हजार २०० हलर जरि-वाना तिराएको छ । सिड्नीमा सञ्चालित उक्त क्याफेले इन्टर्नशिप व्यवस्थाको आडमा ताइ-वानी विद्यार्थीमाथी
श्रम शो-षण गरेको फेयरवर्क अम्बुडस्म्यानको उजू-रीका आधारमा संघीय अदालतले यस्तो जरिवाना गराएको हो । संघीय अदालतले सिड्नीमा राम्रो ब्राण्ड बनाएको कफी ब्रान्ड अन्तर्गतको कारखाना र क्याफेहरू सञ्चालन गर्ने अष्ट्रेलियाको कम्पनीमाथी नै कार-बाही प्रक्रिया अघि बढाएको हो ।
यो क्याफेमाथी सन् २०१६ जुलाई र २०१७ जून को बीचमा आठ ताइवानी विद्यार्थीहरूमाथी ४ लाख २९ हजार ३९३ डलर कम भुक्तानी गरेर अष्ट्रेलियाको कार्यस्थल कानून उल्लङ्घन गरेको आधारमा जरिवाना लगाइएको थियो ।
ताइवानमा रहेको कम्पनीको चेन क्याफेका रुपमा सञ्चालित यो क्याफेले विद्यार्थीहरूलाई इन्टर्नको रूपमा अष्ट्रेलिया भित्र्याउने र कानुन अनुसारको भुक्तानी नदिएर भोग्नुपरेको यो जरिवाना दोश्रो ठूलो अदालती द-ण्ड भएको बताइएको छ ।
फेयरवर्क अम्बुडस्म्यानले दर्ता गराएको मुद्धामध्ये पाँचौ उच्च दण्ड भएको बताईएको छ । भाषागत समस्या भएका २० देखी २२ वर्ष उमेर समूहका विद्यार्थीलाई इन्टर्नशिपले सिडनीमा रहेका कारखाना र खुद्रा पसलहरूमा प्रति हप्ता ६० देखि ७० घण्टा सम्म काम गर्नका लागि विद्यार्थीहरूलाई प्रति महिना १
हजार ६५० डलर देखी १ हजार ७५० को बीचमा भुक्तानी दिने सहमति गरेको थियो । प्रति विद्यार्थी १२ महिना भन्दा कम अवधिमा ५० हजार २१३ र ५८ हजार २४८ बीमा भुक्तानी गरिएको भन्दै सन् २०२१ मा फेयरवर्क अम्बुडस्म्यानमा उजूरी परेपछि कानुनी कार-बाही सुरु गरिएको थियो ।
अनु-सन्धानपछि भने क्याफेले कानुन अनुसारको भुक्तानी गरेको थियो । फेयरवर्क अम्बुडस्म्यानले सान्ड्रा पार्करले अष्ट्रेलियामा कुनै पनि रोजगारदाताले जुनकुनै भिसा बाहकलाई कानुन अनुसारको पारिश्रमित नदिएमा कानुनी कारबाही भोग्नुपर्ने चेता-वनी दिनुभएको छ ।
कानुन अनुसारको तलब र सेवा सुविधा नदिने जुनकुनै व्यवसायी भएपनि अष्ट्रेलियाली कार्यस्थल कानुन अनुसार कारबाहीको भागिदार हुने पार्करले बताउनुभयो । तलब, सेवा, सुविधा र अधिकारको बारेमा चि-न्ता भएका कुन फेयरवर्क अम्बुडस्म्यानमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
यता, ताइ-वानको ताइपेई सिटी युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका विद्यार्थी र विश्वविद्यालयसँग ताइवानमा रहेको कमेस्टिबल्स मास्टर कम्पनी लिमिटेड र क्याफे सञ्चालक संस्थाबीच ‘इन्टर्नशिप’ व्यवस्थामा भएको सहमति
अनुसार काम गर्ने छुट्टी भिसामा अष्ट्रेलिया आएका विद्यार्थी ठ-गिएको पाइएको छ । न्यूनतम ज्याला, ओभ-रटाइम, जरिवाना, वार्षिक बिदाको सुविधा र सेवानिवृत्ति लगायतका सेवा सुविधामा क्याफे ब्राण्डबाट अन्या भएको ठहरपछि जरि-वानाको कारबाही गरिएको न्यायाधीस रोबर्ट ब्रोमविचले जानकारि दिनुभयो । नेपाल ट्युब