२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

अस्ट्रेलियामा नि’धन भएको विद्यार्थीको श-व लैजान सहयोग संकलन !

नोभेम्बर १०,अस्ट्रेलिया : सिड्नी गत सोमबार सिड्नीको ह्यारिसपार्कमा दु:खद निध-न भएको एक नेपाली विद्यार्थीको श-व नेपाल पठाउन सहयोग संकलन सुरु भएको छ ।

गत जुलाईमा अध्ययनका लागि सिड्नी आएकी रेश्मा श्रेष्ठको निधन भएको एनआरएनए न्यु साउथ वेल्सका संयोजक देब गुरुङले जानकारी दिनुभयो ।

नवलपुर स्थाई घर भएकी रेश्मा ह्यारिसपार्कमा बस्दै आएकी थिईन् । उनको श-व नेपाल पठाउनका लागि आफन्त सोनिया श्रेष्ठले गोफण्डमी मार्फत २० हजार डलर संकलन गर्न लागेको हो । सहयोग गर्न चाहानेले गो-फण्डमीको यो लिंकमा थिच्नुहोस् ।

पछिल्लो २ हप्तामै अष्ट्रेलियामा ३ विद्यार्थीको निधन भएको छ । दुइ विद्यार्थीको सि-ड्नीमा र अर्का एकको भने सनसाइनकोष्टमा निधन भएको हो । उनीहरुको श-व पठाउन समेत सहयोग सकंलन भइसकेको छ ।

२०७९ कार्तिक २४, बिहीबार प्रकाशित 1 Minute 141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।