२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

अस्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थीको नि-धन, २ हप्तामै ३ जनाको गयो ज्यान !

कात्तिक २३, अस्ट्रेलिया : सिड्नीमा सोमबार दिउसो एक नेपाली विद्यार्थीको दु:खद नि-धन भएको छ । ह्यारिस पार्कको ट्रेन स्टेसनमा ती विद्यार्थी युवतीको ज्या’न गएको समाचार प्राप्त भएको छ ।

घ-टनाको न्युसाउथ वेल्स प्रहरीले अनु-सन्धान गरिरहेको छ । घ-टना बारे सिड्नीस्थित नेपाली महावाणिज्यदुत दिपक खड्का र गैरआवासिय नेपाली संघ न्यु साउथ वेल्सका संयोजक देब गुरुङलाई समेत युवतीका नजिकका साथीले खबर गरेका छन् ।

नेपालट्युबसंग कुरा गर्दै महावाणिज्यदुत खड्का र संयोजक गुरुङले घ-टना भएको खबर प्राप्त भएको र थप विवरण लिने प्रयास भइरहेको पु-ष्टी गर्नुभयो । ती युवतीको साथीहरुको अनुरोधमा घट-ना घटेको र व्यक्तिगत विवरणहरु सबै गोप्य राखिएको छ ।

यो घ-टनासंगै अष्ट्रेलियामा पछिल्लो दुइ हप्तामै तीन नेपाली विद्यार्थीको ज्यान गएको छ । अक्टोबर २४ तारिखमा सिड्नीमै २ महिनाअघि मात्रै अष्ट्रेलिया आएका २४ वर्षिय युवकको नि-धन भएको थियो ।

त्यस्तै नोभेम्बर २ तारिखमा सनसाइनकोष्टमा थप एक नेपाली विद्यार्थी आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका थिए । पछि अस्पतालमा उनको निधनको पुष्टी भएको थियो । पढाई, काम र परिवारदेखि टाढा आएकाले नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा मानसिक तना-व समेत बढ्ने गरेको छ ।

परिवार र साथीभाईलाई आफ्नो समस्या नभन्दा समस्या झनै जटिल बन्ने गरेको छ । त्यसैले तपाईलाई पनि कुनै तनाव भएको छ भने सहयोग लिनुहोला । अष्ट्रेलियामा मानसिक तनाव भएका व्यक्तिले नि:शुल्क काउन्सेलिङ लिन सक्छन् । जसका लागि तलका नम्बरहरुमा सम्पर्क गर्नुहोला । नेपाल ट्युब

२०७९ कार्तिक २३, बुधबार प्रकाशित 1 Minute 101 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।