२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

अस्ट्रेलियाले भिसा खुकुलो, २०२३ सम्म दुई लाख आप्रवासी भित्र्याउने याेजना !

कात्तिक १६, अस्ट्रेलिया : अस्ट्रेलियाले दक्ष कामदार तथा अभिभावक भिसाको संख्या करिब दोब्बरले वृद्धि गर्ने भएको छ । अस्ट्रेलियाका ट्रेजरर जिम चाल्मरले बजेट सार्वजनिक गर्दै त्यसको घोष-णा गरेका हुन् । 

बजेटमार्फत सार्वजनिक कार्यक्रम अन्तर्गत आगामी ४ वर्षका लागि अस्ट्रेलियाको अध्यागमन क्षेत्रलाई अझ प्रभावकारी बनाउन करिब ६ सय मिलियन डलरसमेत छुट्याइएको छ ।
गृह मन्त्रालयमा सार्वजनिक गरिएको सूचनाअनुसार दक्ष कामदार भिसाको संख्या आगामी आर्थिक वर्ष २०२२/०२३

मा ७९ हजारबाट १ लाख ४२ हजार पु-र्याइएको छ भने अभिभावकलाई दिइने भिसासमेत ४ हजार ५ सयबाट बढाएर ८ हजार ५ सय बनाइएको छ । अस्ट्रेलियामा को-रोना भाइ+रसको संक्र-मणपछि कामदार अभाव भएका कारण उक्त अभावलाई पूरा गर्न दक्ष कामदार भिसाको संख्या वृद्धि गरिएको बताइएको छ ।

अस्ट्रेलियामा हरेक वर्षका लागि छुट्याइएको सीमित संख्यामध्येमा केही भिसालाई कम गरेर यी दुई भिसालाई बढाइएको हो । अस्ट्रेलियाले गत वर्ष जम्मा १ लाख ६५ हजार आप्रवासीलाई भित्र्याएकोमा उक्त संख्यालाई बढाएर १ लाख ९५ हजार पु-र्याएको छ ।

अहिले परिवर्तन गरिएको संख्यासमेत उक्त नि-र्धारित कोटाअन्तर्गत नै आवश्यकताका क्षेत्रअनुसार छुट्याइएको हो । गृह मन्त्रालयमा उपलब्ध जानकारी अनुसार श्रीमान् वा श्रीमतीलाई दिइने (पार्टनर) भिसामा करिब आधा कटौती गरिएको छ भने व्यावसायिक व्यक्ति तथा अन्तर्राष्ट्रिय

ख्याति कमाएका व्यक्तिलाई दिइने भिसामा पनि अत्यधिक कटौ-ती गरिएको छ । जानकारीअनुसार कार्यक्षेत्रबाट गरिने स्पोन्सर भिसाको संख्या २२ हजारबाट ३५ हजार पु-र्याइएको छ भने स्वतन्त्र रूपमा आउने दक्ष कामदारको संख्या ६ हजार ५ सयबाट ३२ हजार पु-र्याइएको छ ।

दुर्गम क्षेत्रमा देखिएको कामदार अभाव पूरा गर्ने उद्देश्यले उक्त क्षेत्रमा छुट्याइएको भिसाको संख्यासमेत ११ हजारबाट ३१ हजार पु-र्याइएको छ । तर पार्टनर भिसाको संख्या भने ७२ हजारबाट ४० हजारमा झारिएको छ ।

गत वर्ष दक्षताका आधारमा दिइने भिसाको संख्या ७६ हजार ६ सय रहेकामा उक्त संख्यालाई बढाएर १ लाख ४२ हजार पु-र्याइएको छ भने पारिवारिक भिसाअन्तर्गत दिइने संख्यालाई ८० हजारबाट घटाएर ५२ हजार बनाइएको छ ।

अस्ट्रेलियाले बढाएको दक्ष कामदार भिसामा विदेशमा रहेका दक्ष कामदार तथा अस्ट्रेलियामा लामो समयसम्म बसोबास गरिरहेका व्यक्तिलाई प्राथमिकता दिइने जनाइएको छ । प्रधानमन्त्री एन्थो-नी अल्बानिजीले अध्यागमन विभागको बजेटमा उल्लेख्य वृद्धि भएको बताएका छन् । परिवर्तन गरिएको नीतिले चार वर्षमा ९ सय २५ मिलियन डलर राजस्व संकलन हुने आकलन गरिएको छ ।

२०७९ कार्तिक १६, बुधबार प्रकाशित 1 Minute 116 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।