२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

२०२२ विश्वकप हेर्न कतार जानेले लिनै पर्ने हाया कार्ड के हो ?

कात्तिक १७, काठमाडौ : कतारले विश्वकप फूटबललाई व्यवस्थित र सुरक्षित बनाउने योजना अघि बढाएको छ। जसका लागि कतारले विश्वकप हेर्न कतार प्रवेश गर्नेका लागि हाया कार्डको व्यवस्था गरेको छ ।

हाया कार्ड विश्वकप अवधिभर कतार प्रवेश गर्न पाउने भिसा जस्तै हो । यो कार्ड वर्क परमिटका लागि भने लागू हुने छैन । विश्वकप हेर्न जाने खेलप्रेमी दर्शकले हाया कार्ड लिए जिसिसका ६ राज्यमा प्रतियोगिता अवधिभर प्रवेश पाइनेछ ।

अर्थात अब विश्वकप हेर्न जाने सोच र योजनामा रहेका तपाईँले कतार प्रवेशको भिसा र टिकट लिनु भएको छ भने तपाईँले सँगै हाया कार्ड पनि लिनु पर्नेछ । हाया कार्डका लागि अनलाइन आवेदन दिन सकिनेछ । डिजिटल हाया कार्ड बनाउन आफूले बस्ने सम्झौता गरेको होटलसँग कन्फरमेशन लिनुपर्नेछ ।

हाया कार्ड बोक्नेलाई कतार प्रवेश र विश्वकप फुटवल आयोजना भैरहेका रंगशालामा सहज प्रवेशको व्यवस्था मिलाइएको छ ।

हाया कार्ड लिन अनलाइनबाट आवेदन दिन चाहनेले हायाडट कतार वा कतार२०२२ मा भिजिट गर्न सकिनेछ । साथै मोबाइलमा Haya to Qatar 2022 एप डाउनलोड गरेर एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

यो एप आईओएस, एन्ड्रोइडमा उपलब्ध छ ।
हाया कार्ड कतार सरकारले कतार प्रवेश गर्ने विदेशी नागरिकलाई व्यवस्थित र सुरक्षित गर्न चलाएको प्रवेश प्रकृया रहेको जनाउँदै फिफाले यो प्रकृयामा फिफा उत्तरदायी नहुने उल्लेख गरेको छ ।

२०७९ कार्तिक १७, बिहीबार प्रकाशित 1 Minute 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।