२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

एक सयभन्दा बढी नेपाली अलपत्र साउदीमा !

कात्तिक १५, काठमाडौं : वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक सयभन्दा बढी नेपाली अलपत्र परेका छन्। काठमाडौंको जेबी ओभरसिज मेनपावर कम्पनीमार्फत

साउदीको रफैया पुगेका दुई जुम्लाका नागरिकसहित उनीहरू अलपत्र परेका हुन्। अल-पत्र परेका जुम्ला तातोपानी गाउँपालिका-८ का अशोक बुढाथोकी र चन्दननाथ नगरपालिका-२ का लोकबहादुर भण्डारीका अनुसार

उनीहरूसहित ४६ जना एकै कम्पनीमा काम गर्दै आएका थिए। साउदीको लदवा कोल्टी फर्मले ६ महिना मात्रै कामको पैसा दिएको अशोकले टोलिफोनमा जानकारी दिए। उनका अनुसार त्यसपछि यहाँ काम गर्ने अबधि सकिएको भन्दै सबै जनालाई पाँच सय मिटर टाढाको अर्को कम्पनीमा पठाएको थियो।

साउदीको २२ नम्बर गल्लीमा रहेको अवैध कम्पनीले तीन महिनासम्म पारिश्रमिकविनै काममा लगाएको बुढाथोकी बताउँछन। उनले भने, त्यो कम्पनीसँग तीन महिना काम गरेको पारिश्रमिक माग्दा ब-न्दुक ते-र्साएर कु-ट+पि-ट गर्यो।

कु+टपी-टपछि तीन जनालाई प्रहरीको भ्यानमा राखेर हिरा+सतमा लिन लागेको थियो। त्यहा काम गर्ने ४६ जना नेपाली कामदार एक जुट भएर सबैलाई लैजान भनेपछि कु’ट+पी’ट गरी लखेटेको थियो। उनीहरु सबै रफैयास्थित नेपालीले खोलेको एक होटलमा छन्। बुढाथोकीका अनुसार सबैको पासपोर्ट खोसेर त्यही कम्पनीले राखेको छ।

अलपत्र रहेकाहरूले प्रहरी प्रशासन पनि कम्पनीसँग मिलेको आरोप लगाएका छन्। बुढाथोकीले भने, म बस्ने ठाउँमा कुनै अस्पताल छैन कु’ट+पि’टपछि छाती दुखिरहेको छ। घट+ना भएको ठउँबाट अहिले तीन सय किलोमिटर टाढा बसेका छौँ।

जुम्लाकै लोकबहादुर भण्डारीको समेत कु’ट+पि’टबाट दाँत भाँचिएको उनले बताए। उनले भने, आफुसँग पैसा नहुँदा घरबाट २० हजार खोजेर हालिदिन अनुरोध गरेको छु। पैसा पाएपछि राजदुतावास गएर टि-टी फर्म भर्छु।

उनकी श्रीमती चन्द्रकला पुनले श्रीमानलाई राकमका गेठाना भन्ने रमेश पाण्डे र मेनपावरको प्रतिनिधि प्रकाश बलले विदेश पठाएका हुन्। उनले भनिन्, अहिले दुवै जनाले फोन उठाउँदैनन्। पैसा खाए।

राम्रो ठाउँमा पठाइदिने भनेकाले प्रलो+भवनमा पारियो। अहिले सास्ती खेप्नुपरेको छ। उनीहरूलाई काठमाडौंको जेभी ओभरसिज म्यानपावर कम्पनीका एजेन्टले जनही दुई लाख ६० हजार रुपैयाँ लिएर गत ११ फागुनमा साउदी पठाएका थिए।

२०७९ कार्तिक १५, मंगलवार प्रकाशित 1 Minute 56 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।