२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

ट्वीटरका मालिक एलन मस्क भन्छन् – कमेडी गर्नेलाई अब कसैले रोक्न सक्दैन !

कात्तिक १३, काठमाडौं : ट्वीटरको मालिक बनेपछि मस्कले ट्वीटरमा अब ट्वीटरमा कमेडी गर्नलाई कसैले रोक्न नसक्ने भाव व्यक्त गरेका छन् । शनिबाट एक ट्वीट गर्दै मस्कले ट्वीटरमा कमेडी कानूनी भएको उल्लेख गरेका छन् ।

ट्वीटरमा मस्कका प्राय ट्वीट व्यङ्ग्य शैलीका हुन्छन् । उनको यही स्वभावले गर्दा कतिपय विषयमा ट्वीट गर्दा उनले विशेष अनुमति लिनुपर्ने हुन्छ । विशेषगरी उनले गरेका ट्वीटले शेयर बजार नै उथलपुथल हुने भएपछि कतिपय संवेदनशील विषयमा बोल्नुअघि सम्बन्धित निकायबाट अनुमति लिने गरेका थिए ।

ट्वीटर खरिदको गर्ने घोषणा गरेको छ महिनाको अवधिमा मस्कले ट्वीटरलाई विभिन्न रूपमा व्यङ्ग्य गरिरहेका हुन्थे । उनले ट्वीटरको मात्र नभई अमेरिकाको राजनीति, उनीसँग सम्बन्धित कम्पनी धेरैको मजाक गरिरहेका छन् ।

मिम र ट्रोल (सामाजिक सञ्जालमा राखिने हाँस्यास्पद सामग्री) का ठूला समर्थक मस्क समय समयमा आफूसँग सम्बन्धित मिम पोस्ट गरिरहेका हुन्छन् । यसरी हाँस्यास्पद सामग्रीलाई प्रोत्साहन गर्ने मस्कले ट्वीटरमा जोकोहीले जुनसुकै विषयमा कमेडी गर्न पाउने बताएका छन् ।

यसरी स-साना गल्ती गर्दा अकाउन्ट प्रतिबन्ध लाग्नेहरू सबैको अकाउन्ट फिर्ता हुने मस्कको भनाइ छ । उनले शुक्रबार ट्वीट गर्दै भनेका थिए, “स-साना तथा शंकास्पद कारणका लागि निलम्बित भएका जोकोही ट्वीटरको जेलबाट मुक्त हुनेछन् ।

तर, उनले कहिलेबाट निलम्बित ट्वीटर ह्याण्डल मुक्त हुने विषयमा केही खुलाएका छैनन् । आफूलाई अभिव्यक्ति स्वतन्त्रताको निरपेक्षवादी दाबी गर्ने मस्कले शनिबार “अब ट्वीटरमा कमेडी कानूनी हुनेछ,” लेखेका छन् ।

Comedy is now legal on Twitter

— Elon Musk (@elonmusk) October 28, 2022
मस्कको उक्त ट्वीटबाट धेरैले ट्वीटरमा मजाक गरेका कारण निलम्बन भएका ट्वीटर अकाउन्ट फिर्ता पाउने अपेक्षा गरेका छन् । अभिव्यक्ति स्वतन्त्रतालाई लक्षित गर्दै मस्कले ‘चरो अब स्वतन्त्र भयो, लेख्दै ट्वीट गरेका थिए ।

यसलाई लिएर कतिपय देशले चरो विभिन्न देशका नीति अनुसार उड्नुपर्ने जनाएका छन् । यसको अर्थ एलन मस्कले अभिव्यक्ति स्वतन्त्रतालाई जति प्राथमिकता दिएको भए पनि, प्रयोगकर्ता आफ्नो देशको नीति अनुरूप चल्नुपर्ने हुन्छ ।

२०७९ कार्तिक १३, आईतवार प्रकाशित 1 Minute 138 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।