२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

२०२२ विश्वकप कतारमा सयौँ विदेशी कामदारलाई बसेको ठाउँ खाली गर्न र बिदामा बस्न द’बाब !

कात्तिक १३, काठमाडौँ : विश्वकप फुटबल २०२२ आयोजक राष्ट्र कतारमा कार्यरत विदेशी कामदारलाई विश्वकप सुरु हुनै लाग्दा बिदामा बस्न द-वाब दिईएको छ ।

कतारको मध्य दोहामा रहेका कामदारहरुलाई बसिरहेको ठाउँ खाली गर्न र बिदामा बस्न दबा-ब दिइएको हो । दोहाको अल–मन्सौराको आसपास तथा अपा-र्टमेन्टमा बसेका दर्जनौँ श्रमिकहरू

सडकमा निकालिएका समाचार संस्था एएफपीले समाचारमा जनाएको छ । कतारमा झन्डै २८ लाख जनसङ्ख्या मात्र रहेको छ । जुन कुल कतारमा रहेका मानिसहरुमध्य २० प्रतिशत जति मात्र हो ।

कतारी नागरिक बाहेक कतारमा नेपाल, भारत, पाकिस्तान, बङ्लादेश, फिलिपिन्स, केन्या र युगान्डालगायत देशबाट कामको सिलसिलामा स्थायी तथा अस्थायी बसोबास गर्नेहरु रहेका छन् ।

२०७९ कार्तिक १३, आईतवार प्रकाशित 1 Minute 460 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।