२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

पाकिस्तानमा भएको उपचुनावमा पूर्वप्रधानमन्त्री इमरान खानको कीर्तिमानी जित !

पाकिस्तानमा भएको उपचुनावमा पूर्वप्रधानमन्त्री इमरान खानको कीर्तिमानी जित !

कात्तिक १, काठमाडौ : पाकिस्तानमा भएको उपचुनावमा पूर्वप्रधानमन्त्री इमरान खानले कीर्तिमानी जित हात पार्नुभएको छ । नेशनल असेम्बलीको आठ सिटका लागि हिजो

आइतवार भएको उपचुनावमा खानले ६ सिटमा जित हात पार्नुभएको हो । उहाँ सात सिटमा उम्मेदवार बन्नुभएको थियो ।
यसअघि सन् २०१८ को आम चुनावमा खानले नेशनल असेम्बलीको पाँच सिटमा चुनाव जितेर कीर्तिमान बनाउनुभएको थियो ।

आफ्नो पछिल्लो कीर्तिमान तोड्दै उहाँ यस पटक सात सिटमा विजयी हुनुभएको बीबीसी हिन्दीले जनाएको छ । उपचुनावमा खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले आठमध्ये ६ सिट र पाकिस्तान पिपल्स पार्टी (पीपीपी) ले दुई सिट जितेको छ ।

चुनावमा पाएको सफलताको बलमा इमरानले आफ्ना लागि राजनीतिक ‘स्पेश’ बनाउने विश्लेषण भइरहेको बीबीसीले जनाएको छ । यस्तै हिजै उपचुनाव भएको पञ्जाबको तीन प्रान्तीय सिटमा पीटीआईले दुई र मुस्लिम लीग–नूनले एक सिट जितेको छ ।

२०७९ कार्तिक १, मंगलवार प्रकाशित 1 Minute 170 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।