२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

साउदीका राजकुमार सलमानलाई प्रधानमन्त्रीको जिम्मेवारी !

१३ असोज, काठमाडौ : साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अघोषित रुपमा त्यहाँका शासक हुन् । पिता राजा सलमानले उनलाई यति धेरै अधिकार दिएका छन् कि

साउदीको शासनको बागडोर हातमा पारेका छन् ।
सलमानलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको खबर सार्वजनिक भएको छ । मन्त्रिमण्डल पुर्नगठनमा सलमानले प्रधानमन्त्रीको जिम्मेवारी पाए ।

यसअघि सलमान उपप्रधानमन्त्री र रक्षामन्त्री थिए । ८६ वर्षीय राजा सलमानले छोरा सलमानलाई विस्तारै शक्ति हस्तान्तरण गरिरहेका छन् । सन् २०१७ मा राजा सलमानले आफ्ना छोरालाई आफूपछिको उत्तराधिकारी बनाए ।

यो साउदी राजपरिवारमै हलचल ल्याउने घटना थियो । विगतमा राजाको उत्तराधिकारी भाईहरु हुन्थे । त्यसपछि मात्र छोराहरुको पालो आउँथ्यो ।

सलमान विवादमा पर्दै आएका छन् । पत्रकार खसोगीको हत्या उनकै योजनामा बनेको विषय उठ्दै आएको छ । पश्चिमा देशहरुले उनीमाथि मानवअधिकारको उल्लंघनको विषय उठाउँदै आएका छन् ।

२०७९ आश्विन १३, बिहीबार प्रकाशित 0 Minutes 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।