२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

बंगलादेशी प्रधानमन्त्री सेख हसिनाले गोलकिपर रुपना चक्माकाे घर बनाउन दिइन निर्देशन !

असोज ६, काठमाडौ : बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले साफ महिला च्याम्पियनसिप विजेता बंगलादेशी गोलकिपर रुपना चक्मालाई नयाँ घर बनाइदिन निर्देशन दिएकी छन्।

सोमबार सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप खेलमा उत्कृष्ट गोलकिपरको उपाधि जितेकी रुपना रंगमाटीकी नानियारचरकी हुन्। बंगलादेश महिला टोलीको सफलतापछि रंगामाटीका डेपुटी कमिसनर मोहम्मद मिजानुर रहमानले

रुपना र रितु पोर्नाको घरमा मिठाई, फलफूल र फूल दिएर गएका थिए। रुपना चक्माको जीर्ण घरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो र संयुक्त राष्ट्रसंघको महासभामा भाग लिइरहेका अमेरिकाबाट प्रधानमन्त्रीको ध्यानाकर्षण भयो र नयाँ घर बनाउन निर्देशन दिइन्।

उनका प्रेस सचिव एहसानुल करीमका अनुसार उनले रुपनाको परिवारलाई घर बनाउन अमेरिकाबाट निर्देशन दिएको बताए ।
डीसी मिजानुर रहमानले ढाका ट्रिब्यूनलाई भने कि उनले

निर्देशनहरू युएनओलाई पठाइसकेका उल्लेख गरेका छन्। डिसीले गोलकिपर रुपना र अर्की खेलाडी रितु पोर्नाको परिवारलाई आर्थिक सहायत स्वरुप डेढ लाख टाकाको चेक समेत हस्तानरण गरेका छन्।

२०७९ आश्विन ६, बिहीबार प्रकाशित 0 Minutes 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।