
सेप्टेम्बर १९, रियाद : एक साउदी पुरुषले आफ्नो ४३ वर्षको अवधिमा विभिन्न महिलासँग ५३ पटक विवाह गरेको बताएका छन्। उनी व्यक्तिगत रुपमा खुसीभन्दा पनि शान्ति र स्थिरताका लागि त्यति धेरै पटक विवाह गरेका थिए।
६३ वर्षीय अबु अब्दुल्लालाई शताब्दीको बहु-विवाहक उपनाम दिइएको छ। हालसालै स्थानीय टेलिभिजनमा अन्तवार्तामा देखा परेका उनले हालै एक महिलासँग विवाह गरेको र पुनः विवाह गर्ने कुनै मनसाय नभएको बताएका छन्।
जब मैले पहिलो पटक विवाह गरे, मैले एकभन्दा बढी महिलासँग विवाह गर्ने योजना बनाइन किनकी म आनन्दित थिए, उनले अगाडि भने, तर, केही समयपछि समस्या देखियो। २३ वर्षमा पुग्दा मैले पुनः विवाह गर्ने निर्णय गरे र मेरो निर्णय श्रीमतीलाई सुनाए।
गल्फ न्यूजका अनुसार उनको वैवाहिक जीवनमा समस्या तब सुरु भयो जब उनको पहिलो र दोस्रो श्रीमतीसँग झगडा भयो। यही कारण उनी तेस्रो र चौथो पटक दोस्रो विवाह गर्न बाध्य भए।
अन्ततः पहिलो, दोस्रो र तेस्रो पत्नीसँग उनको सम्बन्धविच्छेद भयो। लामो समयावधिमा मैले ५३ जना महिलासँग विवाह गरे। पहिलो पटक मैले २० वर्षको उमेरमा विवाह गरे। उनी मभन्दा ६ वर्ष जेठी थिइन्, अब्दुल्लाहले भने। उनको सबैभन्दा छोटो विवाह एक रात मात्र टिकेको छ। एजेन्सी