
असोज १, काठमाडौ : पछिल्लो समय यूएई खाडीका देशहरूमा रोजगारीका लागि आकर्षक गन्तव्य मानिन्छ । खाडीका देशहरू मध्येमा यूएईलाई विकासदेखि स्वतन्त्रताको
दृष्टि-कोणबाट समेत आकर्षक गन्तव्य मानिन्छ ।यही कारण पनि नेपालीहरूको आकर्षण बढ्दै गएको छ । यहाँ आउन त्यस्तो अप्ठेरो पनि छैन । घुम्न आउनेहरूलाई यूएईले अन्य देशका नागरिक सरह नै भिजिट भिसा नेपाली नागरिकलाई
पनि उपलब्ध गराइरहेको छ । यदि आफूसँग दक्षता र क्षमता छ भने काम पाउन पनि त्यति अप्ठे’रो छैन । तर के भयो भने यूएईले दिने भिजिट भिसाको दुरुपयोग भएको छ । नेपाल सहित साउथ एसियाका विपन्न वर्गका मानिसका लागि यो भिसा दुरु-पयोग भयो भन्दा फरक पर्दैन ।
यूएईले दिने भिजिट भिसा भनेको घुम्नका लागि दिने हो ।
नेपाली होस् या अरू कुनै देशको नागरिक उसले यहाँ आएर काम गरोस् भन्ने अभिप्रायले यूएईले भिसा दिँदैन ।
घुम्नका लागि लिइने भिसामा यूएई आएर काम गर्छु भन्नु हाम्रो नै मूर्खता हो । तर भयो के भने भिजिट भिसामा आउने र काम खोज्ने गर्न थालियो ।
कतिपयले त भिजिट भिसामै आएर पनि काम गरेका छन् र काम पाएका पनि छन् । तर जो मानिस दक्ष छ, जोसँग सीप छ उसले हो भिजिट भिसामा आएर काम पाएको भनेको । भिजिटमा आएर काम खोज्नै नहुने भन्ने पनि होइन । यूएई सरकारले पनि यो छुट् दिएको छ ।
आफूसँग सीप र क्षमता छ भने काम खोज्न सकिन्छ । तर केही सीप पनि छैन, भाषिक क्षमता पनि छैन भने यहाँ भिजिट भिसामा आएर काम पाउन त्यति सहज छैन । नेपालमा एउटा सामान्य रोजगारीमा पनि बिक्न नसकेको मानिसलाई भाषिक कठिनाइहरू हुन सक्छन् ।
तर यति हुँदा हुँदै पनि बुझेर होस् या नबुझी पनि कतिपय व्यक्तिहरू आइरहनुभएको छ । हातमा सीप पनि छैन, काम खोज्ने दरिलो माध्यम पनि छैन र भाषिक क्षमता पनि छैन भने के गर्ने त ।
यो यस्तो परिस्थितिमा अप्ठेरो पर्छ । बाध्यतामा परेकाहरूलाई म्यानपावर वा एजेण्टले पनि काम पाइन्छ या लगाइदिन्छु भन्न सक्छन् तर उनीहरूको भनाइ सधैँ चासो हुन्छ भन्ने छैन । त्यही कारणले नै यो परिस्थितिको सृजना हुने ।
त्यस कारण तपाईँ हामी आफैँ सचेत हुन पर्छ । यति हुँदा हुँदै पनि तपाईँ दक्ष मानिस हो र तपाईँमा सीप छ, भाषिक समस्या पनि छैन भने यूएईमा आएर हिजो पनि काम खोज्न सक्नुहुन्थ्यो र आज पनि सक्नुहुन्छ ।