२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

अष्ट्रेलियामा पेट्रोलको मूल्य बृद्धि हुने, कहिले देखि ?

सेप्टेम्बर १५, सिड्नी : अहिले अष्ट्रेलियाका धेरैजसो राजधानी सहरमा प्रतिलिटर १.६० डलरको हाराहारीमा रहेको पेट्रोलको मूल्य आगामी साताबाट प्रतिलिटर २ डलरभन्दा बढी पुग्ने आँकलन गरिएको छ ।

संघीय सरकारले इन्धन करमा गरेको अस्थायी कटौती सेप्टेम्बर ३० मा अन्त्य गर्नेभएसँगै पेट्रोलको मूल्य प्रतिलिटर २५ सेन्टले वृद्धि हुने आँकलन गरिएको हो । उपभोक्ता सञ्जाल वान बिग स्विचले आगामी महिनामा पेट्रोलको मुल्य उच्च वृद्धि हुने चेता-वनी दिएको छ ।

उपभोक्ता सञ्जालले करिब ६० सेन्ट बढ्न सक्ने आँकलन गरेको छ । उपभोक्ता अधिकारकर्मीहरुले चालकहरूलाई आफ्नो सवारीको ट्याङ्की भर्न दिएका छन् । मुल्यवृद्धीको चक्र स्वरुप सिड्नीका केही पेट्रोल स्टेशनहरूमा प्रति लिटर मुल्य लगभग १.९५ डलर पुगिसकेको छ ।

अष्ट्रेलियाका उपभोक्ता अधिकारकर्मीहरुले आगामी हप्ताहरूमा सवारीधनीहरूलाई कडा मार पार्ने जानकारि गराएका छन् । खुद्रा विक्रेताहरूले समेत नियमित चक्रको रूपमा मूल्य बढाउने र यसको मारमा उपभोक्ताहरु पर्ने चेता-वनी दिदैआएका छन् ।

पूर्वप्रधानमन्त्री स्कट मोरिसनको सरकारले पेट्रोलको अन्तः शुल्कमा दिएको छुट अल्बानिज सरकारले अन्त्यको घोषणा गरेसँगै पेट्रोलको मुल्यबृद्धीसँगै यसको मार अन्य क्षेत्रमा समेत पर्ने भन्दै धेरैले चिन्ता व्यक्त गरिरहेका छन् । तर सरकारी अधिकारीहरुले पेट्रोलको मुल्यबृद्धी लगायतलाई नियमित प्रक्रियाका रुपमा अथ्र्या-एका छन् ।

२०७९ भाद्र ३०, बिहीबार प्रकाशित 1 Minute 121 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।